परिचय पत्रसँगै जिम्मेवारी थपिएको अधिकारकर्मी रानाको भनाई

परिचय पत्रसँगै जिम्मेवारी थपिएको अधिकारकर्मी रानाको भनाई

बिनोद वि.सी./रुपन्देही (पहिचान) फाल्गुन २२ – तेस्रोलिंगी महिला आनिक रानालाई बुद्ध टेलिभिजनले पत्रकार परिचय पत्र प्रदान गरेको छ । समालींगी, तेस्रोलिंगी, अन्तरलिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय) को अधिकारको लडाईमा स्थानिय संचार माध्यमबाट सकारात्मक भुमिका खेलेको भन्दै टेलिभिजनले रानालाई पत्रकार परिचय पत्र प्रदान गरेको हो ।

पहिचान अनलाईनसंग कुरा गर्दै रानाले बुद्ध टेलिभिजनबाट आफुले परिचय पत्र प्राप्त गर्दा खुशि लागेकोे र परिचय पत्रसंगै अझ बढि जिम्मेवारी थपिएको बताएकी छन् । अहिले रुपन्देहीमा चार वटा टेलिभिजन संचालनमा रहेकोमा बुद्ध टेलिभिजन र रुपन्देही एफ.एम.ले मात्र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समावेशीताको आधारमा स्थान दिएको छ ।

समालींगी, तेस्रोलिंगी, अन्तरलिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय) को विषयमा कार्यक्रम संचालन गरेको रानाले बताईन् । उनले अबको दिनमा हरेक संचार क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समावेशीताको आधारमा स्थान दिनुपर्ने बताएकी छन् ।

जिल्ला स्तरीय पत्रकार महासंघ देखी केन्द्रिय पत्रकार महासंघसम्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समावेशीता गर्नु पर्ने र संंचार मन्त्रलयमा पनि यो समुदायको पहुँच हुनुपर्ने रानाको माग छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.