निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी तेस्रोलिंगीले अधिकारका लागि एकजुट हुनुपर्छ : गणेश साह

समलिंगी तेस्रोलिंगीले अधिकारका लागि एकजुट हुनुपर्छ : गणेश साह

976
SHARES

काठमाडौं (पहिचान) फागुन २३ – नेकपा माओवादी केन्द्रका नेता गणेश साहले समलिंगी तेस्रोलिंगीले अधिकारका लागि एकजुट हुनुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा नेता साहले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकार संविधानमा नलेखिनुमा उनीहरुको एकजुट दवावको अभाव भएको बताए ।

‘संविधानमा लेखिएका कुरा कार्यान्वयन गर्नपनि अधिकार आवश्यक हुने समुदायको एकमुष्ट दवाव आवश्यक हुन्छ, त्यसका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय एकजुट हुुनुपर्छ,’ साहले भने, ‘समलिंगी तेस्रोलिंगी समुदाय एकजुट नभएको र दवाव नपुगेकै कारण संविधान जारी भएपछि बनेका देवानी संहिता र फैजदारी संहितामा समलिंगी तेस्रोलिंगीका अधिकार सुनिश्चित हुन सकेनन् ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यक पहिलो संविधानसभापछि झै एकजुट भएर लागेमा कसैले पनि उनीहरुका अधिकार रोक्न नसक्ने बताए ।

‘मानिसका आस्था र विश्वास एक ठाउँमा हुन सक्छन्, तर अधिकार आवश्यक हुँदासम्म त्यसलाई थाति राखेर एउटा पार्टीमा आवद्ध भएर एकमुष्ट दवाव दिन आवश्यक छ,’ साहले भने, ‘यौनिक तथा लैंगिक अल्संख्यक फरक फरक पार्टीमा लागेर छरिदासम्म अधिकारको आन्दोलनले सार्थकता पाउन ढिला भइनै रहन्छ ।’

उनले नेकपा संयुक्तबाट पहिलोपटक सभासद बनेका सुनिलबाबु पन्तले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकार लेखाउन सफल भएको भन्दै अब पनि त्यसरी नैं एकजुट भएर एउटा पार्टी समातेमा बाँकी अधिकार कार्यान्वयन हुने बताए । नेकपा संयुक्तको अध्यक्ष रहेका साहले प्रदेश र प्रतिनिधिसभा निर्वाचन अघि मात्र माओवादीसँग एकता घोषणा गर्दै नेकपा संयुक्तलाई विलय गराएका थिए ।

समाचार शेयर गर्नुहोस्
976
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.