निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रणनीतिक तालिम सकियो : भविश्य सुनौलो बनाउन रणनीतिक योजनासहित काम गर्ने प्रतिबद्धता

रणनीतिक तालिम सकियो : भविश्य सुनौलो बनाउन रणनीतिक योजनासहित काम गर्ने प्रतिबद्धता

746
SHARES

कास्की (पहिचान) फागुन २६ – कास्कीको पोखरामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुलाई लक्षित गरी नील हिरा समाजले दिएको तीन दिने रणनीतिक तालिम सम्पन्न भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गरिरहेको संस्था नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि रणनीति तालिम संचालन गरेको हो । समाज अन्तरगत विभिन्न जिल्लामा रहेका सिवियोहरुलाई परिवर्तनशिल कार्यक्रमको खोजी गर्न संस्थागत रणनीतिक योजना सबन्धी तालिम संचालन गरिएको कार्यक्रम अधिकृत अपेक्षा दाहालले बताइन् ।

तालिममा सकारात्मक उपलव्धी र सिकाई प्रस्तुत गर्दै भावि दिनमा ल्याउने संस्थागत रणनीति र योजना वनाउन कार्यक्रम संञ्चालकले सिवियोहरुलाई सुझाव दिए । विभिन्न जिल्लामा रहेका सिवियोजहरुलाई सेभ द चिल्डेनले संस्थागत सहयोग गर्दै आएको जानकारी दिदै यौनिक तथा लैगिक अल्पसंख्यक समुदायले थप सहयोगकालागि संस्थागत रणनीतिक योजना प्रस्तुत गर्नुपर्ने बताए । कार्यक्रममा विभिन्न सिविओहरुका उपलब्धी पनि प्रस्तुत गरिएको थियो ।

सुनौलो समाज वागलुङ्गले संस्था दर्ता गरी स्वस्थ्य संम्वन्धि काम गरिरहेको भन्दै एचआईभि संक्रमित व्यक्ति तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषयलाई सामाजिक क्षेत्रमा शिक्षा दिन सफल भएको उपलब्धी सार्वजनिक गरिएको थियो । कार्यक्रममा तेस्रोलिंगी रुपेश थापा मगरले आफूले पहिचानसहित नागरिकता लिन सफल भएको वताए । काभ्रेको वनेपा विडिएसले पत्रकारको धारणामा परिवर्तन गर्न सफल भएको भन्दै पहिले यौनिक अल्पसंख्यकका विषयलाई ‘यो विकृती हो’ भन्दै लेख्ने गरेकामा अहिले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका विषयमा सकारात्म ढंगले कलम चलाउने गरेको अनुभव प्रस्तुत गरे ।

डोटीमा ‘डोटी क्यम्पसले भर्ना फारममा समेत महिला, पुरुष र अन्य भनेर छुट्टाई सकेको’ भन्दै कलेजले छात्रवृति पनि छुट्टाउने तत्परता देखाएको रिपार्ट प्रस्तुत गरिएको थियो । विभिन्न जिल्लावाट उपस्थित सवैले आ–आफ्नै संस्थागत विवरण प्रस्तुत गरेका थिए । रणनीतिक तालिममा आउने दिनलाई सुनौलो बनाउन र समाजलाई नैं सुनैलो बनाउन रणनीतिक योजना बनाउने प्रतिबद्धता सहभागीहरुजे जनाएका थिए ।

समाचार शेयर गर्नुहोस्
746
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.