अब संसदले समलिंगीसहित सबैका लागि कानुन बनाउँछ : सांसद खतिवडा

अब संसदले समलिंगीसहित सबैका लागि कानुन बनाउँछ : सांसद खतिवडा

काठमाडौं (पहिचान) चैत १ – एमाले सांसद नारायण खतिवडाले समलिंगी सहित सबैलाई समेट्ने गरी अब संसदले कानुन बनाउने बताएका छन् । पहिचानसँगको कुराकानीमा नुवाकोट–२ बाट निर्वाचित सांसद खतिवडाले विधायकको काम नैं नीति बनाउने भएकाले नयाँ संविधान अनुरुपका कानुन अव धमाधम बन्ने बताए ।

‘संसदको काम भनेकै विधि निर्माण गर्ने र त्यसको कार्यान्वयनका लागि कार्यकारीलाई झकझकाउने हो,’ सांसद खतिवडाले भने, ‘त्यो काम गर्ने भनेर नैं हामी यहाँ आएका छौं, हामी सबै नागरिकलाई बहिस्करणमा परेको महसुस नहुने गरी कानुन बनाउँछौं ।’ उनले संविधान आफै कार्यान्वयन नहुने भन्दै त्यसको कार्यान्वयनका लागि कानुन, नियम र विनियम बनाउँदै कार्यान्वयनका संयन्त्र परिचालिन हुनुपर्ने बताए ।

संविधानका विषयमा आफूले राम्रो अध्ययन गरेपनि कानुन निर्माणको प्रक्रियाबारे जानकारी नभएको भन्दै उनले संसद सचिवालयबाटै जानकारी लिने बताए । ‘संविधानका अधिकांशभाग पढेको छुँ, तर कानुन निर्माणको प्रक्रियाबारे जानकार छैन,’ खतिवडाले भने, ‘समलिंगी विवाहका विषयमा मन्त्रालयमा काम भइरहेको जानकारी तपाइहरुबाटै पाए, म संसद सचिवालयसँग थप बुझ्ने प्रयत्न गर्ने छुँ ।’ उनले समलिंगी विवाह वा अरु कुनै अधिकारबाट पनि नागरिक बञ्चित हुन नहुने बताए ।

‘अब संसदले सबै कानुन बनाउँदै जाँदा समलिंगी तेस्रोलिंगीका अधिकारका कानुन पनि एकसाथ बनाउँने छ,’ खतिवडाले भने, ‘विवाह हाम्रो संस्कार र संस्कृति पनि भएकाले त्यसले समाजमा असर नगर्नेगरी समलिंगी विवाहलाई मान्यता दिने प्रयत्न गर्नेछौं ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.