पहिलो तेस्रोलिंगी कोरियोग्राफर

पहिलो तेस्रोलिंगी कोरियोग्राफर

रुपन्देही (पहिचान) चैत १ – मिस डाईमण्ड रुपन्देहीका बिजेता रेशम न्यौपाने (रेश्मा डार्लिङ्ग) कारियोग्राफी बनेका छन् । सानै उमेर देखी नृत्य क्षेत्रमा रहेका न्यौपाने मिस डाईमण्ड रुपन्देहीको बिजेता बनेपछि कारियोग्राफी क्षेत्रमा प्रवेश गरेका हुन् ।

समाज तथा घर परिवारको दवाबमा आफ्नो पहिचानलाई लुकाएका न्यौपानेले अहिले परिवारकै सदस्यको सहयोगमा आफ्नो पहिचानसहित कारियोग्राफी क्षेत्रमा लागेको बताएका छन् ।

पहिचान अनलाइनसँगको कुराकानीमा न्यौपानेले आफू कोरियोग्राफी क्षेत्रमा प्रवेश गर्नुमा नील हिरा समाजको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे । कोरियोग्राफीलाई पेशाका रुपमा निरन्तरता दिने बताउँदै उनले नेपालकै पहिलो सफल कोरियोग्राफी बन्ने लक्ष्य रहेको बताए ।

उनले अहिले सम्म मिस्टर एण्ड मिस टिन, मिस्टर एण्ड मिस कलेज, मिस तिलोत्तमा, मिस्टर एण्ड मिस कुमाल, मिस नवलपरासी स्टार, मिस्टर एण्ड मिस नवलपरासी लगायत दुई दर्जनभन्दा बढि सोमा कोरियोग्राफी गरिसकेका छन् ।

न्यौपानेले कतिपय मिडियाहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषयमा बोल्दै नबोलेका कुराहरु लेखिदिने र समाचारको शीर्षकमा हाँसोको पात्रको रुपमा लेखिदिने गरेको गुनासो गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.