निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अब कानुनले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि आरक्षणमा राख्छ : मोहन बानियाँ

अब कानुनले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि आरक्षणमा राख्छ : मोहन बानियाँ

957
SHARES

काठमाडौं (पहिचान) चैत ६ – सत्तारुद्ध दलका सांसदले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि आरक्षण कोटा तोक्नुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा एमाले सांसद मोहन बानियाँले अरु सबै अल्पसंख्यकलाई आरक्षण दिएको भन्दै अब यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि आरक्षण दिनुपर्ने बताए ।

‘जव अरु सबै आरक्षणको उपभोग गरिरहेका छन् भने समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीहरुलाई मात्र बहिस्करणमा परेको महसुस किन गराउने ?’ सांसद बानियाँले भने, ‘त्यसैले अब कानुन बनाएर उनीहरुलाई पनि आरक्षणमार्फत राज्यको मुलधारमा समेटिनुपर्छ ।’ उनले संविधानमा सबै कुरा लेखेर ठुला ठेली बनाउँदैमा जनताले अधिकार प्राप्त नगर्ने भन्दै कानुन बनाएर कार्यान्वयन गरेपछि मात्र जनताले अधिकार पाएको महसुस गर्ने बताए ।

‘जवसम्म कानुन बनाएर जनताका अधिकार कार्यान्वयन हुँदैनन् तवसम्म संविधानमा लेखिएका कुरा समेत औंचित्यहिन हुन्छन्,’ सांसद बानियाँले भने, ‘त्यसैले संविधान कार्यान्वयन गर्न बनेको सरकारले अब फटाफट विधेयक ल्याउने छ, संसदलेत्यसलाई चाडो पारित गरेर राष्ट्रपतिकोमा पठाएर कानुन बनाउने छ ।’

समाचार शेयर गर्नुहोस्
957
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.