तेस्रोलिंगीका लागि कार्यक्रम राख्ने नगरप्रमुखको प्रतिवद्धता

तेस्रोलिंगीका लागि कार्यक्रम राख्ने नगरप्रमुखको प्रतिवद्धता

कैलाली (पहिचान) चैत ८ – धनगढीका नगरप्रमूख नृप बडले पडाडि पारिएका तेस्रोलिंगीका लागि कार्यक्रम राख्ने प्रतिवद्धता जनाएका छन् । थागिल समाज धनगढीले गरेको कार्यक्रममा उनले एचआईभी संक्रमीत तथा यसको जोखिममा रहेको व्यक्तिको लागिे परिषदमा नराखे पनि अगामी परिषदमा यो वर्गको लागि र पछाडि पारिएका तेस्रोलिंगीहरुको लागि कार्यक्रम राख्ने प्रतिबद्वता व्यक्त गरेका हुन् ।

थागिल समाजका संयोजक ईश्वर पन्तले लिंकेज परियोजानले यौनकर्मी महिला, यौनकर्मी पुरुष, एमएसएम तेस्रोलिंगी समुदायको एचआईभी तथा स्वास्थ्याको बारेमा काम गर्दै आएको बताए । एचआईभीको रोकथाम तथा संक्रमित रहेका व्यक्तिलाई सेवा प्रदान गरि रहेको पन्तले बताए ।

पन्तले ३ सय १२ जना तेस्रोलिंगी मध्ये १ सय ६३ जनालाई फिल्ड्मा भेटेको बताए । तेस्रोलिंगी एचआइएभी संक्रमीत भए पनि आफुहरले पहिचान नखुलाउदा अहिलेसम्म तेस्रोलिंगीमा एचआईभी पोजेटीभ नभेटीएको उनले बताए । पन्तले आफ्नो पहिचान खुलाएर आउन अग्रह गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.