काठमाडौं (पहिचान) चैत ११ – पाकिस्तानको एउटा स्थानीय टेलिभिजन च्यानल कोहे-नूरले एकजना तेस्रोलिंगी समाचारवाचिका मारवीय मलिकलाई स्थान दिएको छ।
कोहे-नूर टेलिभिजनको उक्त कदमको सामाजिक सञ्जालमा त्यहाँ निकै प्रशंसा भइरहेको छ।
पाकिस्तानको पछिल्लो जनगणना अनुसार तेस्रोलिंगीहरूको संख्या १० हजार ४१८ छ ।
सामाचारवाचिकाको रूपमा जागिर पाएकी मलिक लहोरकी हुन्।
तेस्रोलिंगीलाई फौजमा नलिने आदेशमाथि रोक
पहिलो तेस्रोलिंगी समाचारवाचिका बनेकी मलिकले यसअघि ‘मोड्लिङ’ गरिसकेकी छन्।
मलिकले भनिन्, “कोहे-नूर न्यूज पुनः आउन लागेको चर्चा सुनेर मैले पनि समाचारवाचिकाका लागि आवेदन दिएँ। अन्तर्वार्तामा धेरै महिला तथा पुरूष सहभागी थिए।”
तस्वीर कपीराइट MARVIA MALIK“मेरो पालो आएपछि कर्मचारीले मलाई कुर्न भने। पछि मलाई भित्र बोलाइयो र तपाईँलाई हामी प्रशिक्षण दिन्छौँ, कोहे-नूर न्यूजमा स्वागत छ भने। यति सुनेर खुशीले मेरा आँखाहरू रसाए।”
उनले थपिन्, “मैले देखेको सपनाको पहिलो खुड्किलोमा टेकेकोले मेरा आँखाहरू रसाएका हुन्। प्रशिक्षणका क्रममा मलाई कुनै कठिनाइ भएन। अरूलाई जस्तै मलाई पनि उनीहरूले सिकाए। मैले कुनै प्रकारको भेदभाव महसुस गरिनँ।”
समाचारवाचिकाको प्रशिक्षणपछि हालै मलिक लहोरमा र्याम्पमा उत्रिएकी थिइन्।
उनले आफू पाकिस्तानकी पहिलो तेस्रोलिंगी मोडल पनि भएको बताइन्। मलिकले लहोर ‘फेशन शो’ मा ठूला मोडलहरूसँग सहभागी भएको बताइन्।
उनले भनिन्, म आफ्नो समुदायका लागि केही गर्न चाहन्छु ताकि उनीहरूको अवस्था राम्रो हुन सकोस्।
मलिकले थपिन्, “मैले समाचारवाचिकाको जागिर पाएँ। तर मेरो र सडकमा माग्ने एवं नृत्य गर्ने तेस्रोलिंगीहरूको कथा उस्तै छ। र, त्यसलाई बदल्न जरूरी छ।”
सभार : विविसि नेपाली सेवा
नोट : नेपालमा पनि तेस्रोलिंगी महिला आनिक राना बुद्ध टेलिभिजनमा कार्यक्रम संचालिका छिन भने समलिंगी महिला इन्दिरा न्यौपाने, तेस्रोलिंगी पुरुष विनोद विसी, राज चौधरी लगायतका यौनिक तथा लैंगिक अल्पसंख्यक विगत ६ बर्षदेखि रेडियोमा कार्यक्रम संचालन गर्दै आएका छन् । नेपालमा अतिथिहरुसँग आफै कुरा गरेर टेलिभिजन कार्यक्रम संचालन गर्ने यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकार प्राप्तिका अभियन्ता एवं पहिलो संविधान सभामा समलिंगी सभासद् रहेका सुनिलबाबु पन्त नै पहिलो हुन ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.