निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकारका लागि अव हामी लड्छौं : सांसद मानन्धर

यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकारका लागि अव हामी लड्छौं : सांसद मानन्धर

994
SHARES

काठमाडौं (पहिचान) चैत १२ – सांसद रामबीर मानन्धरले यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकारका लागि अव आफूहरु लड्ने बताएका छन् । पहिचानसँगको कुराकानीम नेकपा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद मानन्धरले यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकार संविधानसभाबाट जारी संविधानले नैं सुनिश्चित गरिसकेको भन्दै अब त्यसलाई कानुन बनाएर व्यवस्थित गर्ने बताए ।

‘संविधानले नैं यौनिक तथा लैंगिक अल्पसंख्यकसहित सबै समुदायलाई राज्यको मुलधार बाहिर नरहनेगरी व्यवस्था गरेको छ,’ सांसद मानन्धरले भने, ‘त्यसलाई मुर्तरुप दिन कानुन आवश्यक छ, कानुन निर्माण गरेर संसदले अब सबै समुदायलाई राज्यको मुलधामा समेट्ने छ ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री कानुन बन्ने भन्दै उनीहरुले पनि आफ्ना समस्या सांसद र सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने बताए ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरु पनि अव समानस्तरका नागरिक हुन् उनीहरुले आफैमा हेयभाव राख्न जरुरी छैन,’ मानन्धरले भने, ‘समृद्धिका लागि अब सबै नागरिक सँगसँगै यात्रा गर्ने हो त्यसमा यौनिक अल्पसंख्यक वा अन्य अल्पसंख्यक भनेर छुट्न हुँदैन ।’

उनले नेकपा एमालेले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई माथि उकास्न विगतमा पनि काम गरेको दावी गर्दै अव एमाले सरकारले नै उनीहरुका समस्या समाधानको नेतृत्व गर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
994
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.