सिंहदरवारको प्रशासन तेस्रोलिंगी चिन्दैन ….

सिंहदरवारको प्रशासन तेस्रोलिंगी चिन्दैन ….

काठमाडौं (पहिचान) चैत १४ – मलाई केटाले लग्यो, म गए, केटाले मलाई लेगेको कोठामा पुलिस आयो अनि मलाई लग्यो ।  उनको यो कुरा सुन्नुभन्दा पहिले कमलपोखरीमा फोन गरेका थियौ । कोही तेस्रोलिंगी पक्राउ नपरेको जानकारी पछि महानगरिय प्रहरी वृत्त सिंहदरवारबाट जानकारी लिने प्रयास भयो ।

सिंहदरवार प्रहरीले कोही तेस्रोलिंगी पक्राउ नपरेको जानकारी दियो । तेस्रोलिंगी कोही पक्राउ परेका छन ? भन्ने जिज्ञासामा सिंहदरवार प्रहरीले त्यस्तो कोही नभएको जानकारी पनि गरायो । सिंहदरवार प्रहरीले पक्राउ गरेको १२ घण्टापछि मात्रै एक जना तेस्रोलिंगी पक्राउ गरेको वतायो । तेस्रोलिंगी समुदायले महानगरिय प्रहरी बृत्त सिंहदरवारका प्रहरी नायव उपरिक्षक (डिएसपी) कपिलराज बोहरा नै तेस्रोलिंगी पक्राउ गर्ने योजनाकार हुन भनिरहेका छन् ।

हामी कसले झुट वोलिरहेको छ, कसले सत्य भनिरहेको छ भनेर फैसला गर्ने न्यायधीश होइनौ । उनले झुट बोले या समुदायका व्यक्तिले झुट बोले भन्ने कुरा थाहा पाउन राज्यले परिचालित गरेका अनुशन्धानकर्ता पनि परेनौ । हामीले यति जानेका छौ, अनुशन्धान गर्ने भनेको प्रहरी हो । तर त्यही अनुशन्धान गर्ने प्रहरी तेस्रोलिंगी चिन्दैन ।

तेस्रोलिंगी पक्राउ परेको १२ घण्टापछि २०७४ चैत १४ गते विहान प्रहरीले दिएको घटना विवरण यस्तो छ :

“प्रहरीले काठमाडौं उपत्यकामा रातको समयमा चोरी, लुटपाट, कुटपिट, झै झगडा गर्ने १ सय २९ जनालाई नियण्त्रणमा लिएको छ । प्रहरीले काठमाडौंबाट ५ महिला सहित ९९ जना, ललितपुरबाट १७ जना र भक्तपुरबाट १ महिला सहित १३ जनालाई नियण्त्रणमा लिएको हो । प्रहरी नियण्त्रणमा रहेकाहरुको सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।”

हो, सिंहदरवारको प्रहरीले टिपाएको यो उजुरीमा तेस्रोलिंगी भन्ने उल्लेख छैन । प्रहरीले महिला भनेर नियण्त्रणमा लिएको व्यक्ती तेस्रोलिंगी हुन ।  पहिलो फोन उठाउने र तेस्रोलिंगीको बारेमा सोध्ने वित्तिकै पछिल्लो फोन नउठाउने प्रहरीले प्रशासनको काम यो नै पहिलो भने होइन । अनुशन्धान गर्ने निकाय प्रहरी प्रशासनले दिन मिल्नेसम्मको सूचना नदिदाँ प्रहरी प्रशासन प्रति जनताको विश्वास कम हुँदै त जाने होइन ?

तेस्रोलिंगी महिलालाई प्रहरीले यौनकर्मी भनेर पक्राउ गर्ने गरेको छ । तेस्रोलिंगी नचिन्ने प्रहरीले महिला भनेर पक्राउ गरेको व्यक्ति तेस्रोलिंगी महिला भनेर आफ्नो पहिचान स्थापित गरिसकेको हुँदा समेत उसले महिलाकै सम्बोधन गरिरहन्छ । तर, तेस्रोलिंगी महिला कस्तो व्यक्तिलाई भनिन्छ भनेर जहा अधिकार मागिन्छ त्यहाँ नै तेस्रोलिंगी भन्ने थाहा छैन भने उनीहरु अधिकार माग्दै कहाँ जाउँन ?

पक्राउ पर्ने व्यक्ति जन्मदा पुरुष हुन् । उनी अहिले महिलाको हाउ भाउमा हिडिरहेकी हुन्छिन । जन्मदा पुरुष हुर्कदै बढ्दै जादाँ महिलाको हाउ, भाउ, भावनामा भएकालाई तेस्रोलिंगी महिला भनिन्छ । उनी जस्ता धेरै तेस्रोलिंगीका पार्टनर पुरुष नै हुन् । उनीहरु महिला प्रति आकर्षित हुँदैनन् । उनीहरुले सरकारसँग समलिंगी विवाहको कानुन बनाउन भनिरहेका छन् । सर्वोच्च अदालतको आदेशपछि गठन भएको समितिले समलिंगी विवाहलाई कानुनी मान्यता दिनु पर्ने निष्कर्ष सहितको प्रतिवेदन पनि बुझाइसकेको छ । त्यो प्रतिवेदन दुई बर्षदेखि महिला बालबालिका मन्त्रालयमा अड्केर बसिरहेको छ । पुरुषले पुरुषसँग र महिलाले महिलासँग यौन क्रियाकलाप गरेको भनेर कानुनले चिन्दैन । कानुनले नचिन्ने हुँदा प्रहरीले यस्ता व्यक्तिलाई पक्राउ गर्ने र सार्वजनिक अपराधको मुद्धा चलाउँदै आएको छ । यसले उनीहरुको अधिकार हनन भइरहेको त होइन भन्ने प्रश्न उठेको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.