भक्ती शाह ट्रेड युनियन काग्रेस ललितपुरको सदस्यमा निर्वाचित

भक्ती शाह ट्रेड युनियन काग्रेस ललितपुरको सदस्यमा निर्वाचित

14.9k
SHARES

ललितपुर (पहिचान) चैत १५ नेपाल ट्रेड युनियन काग्रेस ललितपुरको सदस्यमा तेस्रोलिंगी अधिकारकर्मी भक्ती शाह निर्विरोध निर्वाचित भएका छन् । शाह ट्रेड युनियन काग्रेसको अधिबेशनमा खुला सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
ट्रेड युनियन काग्रेसमा तेस्रोलिंगी पहिचान सहित प्रतिनिधित्व गर्ने शाह पहिलो हुन् । नेपाली काग्रेसमा तेस्रोलिंगी पहिचान सहित महाधिबेशन प्रतिनिधि हुने भूमिका श्रेष्ठ पहिलो हुन् ।

शाह नेपाल प्रेस युनियन ललितपुरको कार्य समिति सदस्य एवं नेपाल पत्रकार महासंघको पनि ललितपुर शाखाको कार्य समिति सदस्य छन् । ट्रेड युनियन काग्रेस ललितपुरको छैटौ अधिबेशनले आफूलाई सदस्य पदमा निर्विरोध निर्वाचित गर्दा खुशीसँगै जिम्मेवारी थपिएको शाहले वताए ।

दलहरुका घोषणा पत्र, विधानमा महिला पुरुषको मात्रै प्रतिनिधित्वको कुरा लेखिएको हुन्छ उनले भने, संविधानमा लेखिएको अधिकार कार्यान्वयनका लागि मैले उम्मेदवारी दिएको थिए, मलाई निर्विरोध गराउने सबैलाई धन्यवाद दिन चाहन्छु । उनले समलिंगी तेस्रोलिंगीलाई सबै दलले प्रतिनिधित्व गराउनु पर्ने वताए ।

अधिकारकर्मी शाहले जिल्ला समितिको सदस्य निर्वाचित भएपछि आगामी दिनमा विधान परिवर्तन गराएर सहज रुपमा समलिंगी तेस्रोलिंगीको प्रतिनिधित्व हुने व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.