अरु सरह समावेशीको माग गर्न वडा अध्यक्ष पौडेलको सुझाव

अरु सरह समावेशीको माग गर्न वडा अध्यक्ष पौडेलको सुझाव

रुपन्देही (पहिचान) चैत्र १६ – रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष थानेश्वर पौडेलले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई आफ्ना समस्या निर्धक्क भएर बताउन आग्रह गरेका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषयमा अझै पनि समाजमा विभेद र लाञ्छना रहेको र स्थानिय जनप्रतिनिधिलाई उनीहरुका समस्या बारेमा राम्रो ज्ञान नभएको हुँदा आफ्ना समस्या स्थानिय सरकारसंग खुलेर बताउन पौडेलले आग्रह गरेका हुन् ।

अध्यक्ष पौडेलले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पनि आम नागरिक भएको हँुदा स्थानिय सरकारको काम सडक विकास र मर्मत नभई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार प्राप्ती र पहिचानको लडाईमा लागी पर्नु पर्नेमा जोड दिए । पहिचान अनलाईनसंग कुरा गर्दै अध्यक्ष पौडेलले स्थानिय सरकारले गर्ने हरेक गतिविधिमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय सहभागी बन्नु पर्ने र स्थानीय सरकारमा आफ्ना कुरा राख्नुपर्ने वताए ।

उनले सरकारले आम नागरिकको हैसियतमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका समस्या नसुनेमा खबरदारी गनुपर्ने बताए । समग्र रुपन्देहीका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको लडाईमा नेकपा एमाले पार्टी, स्थानिय जनप्रतिनिधि लगायत स्वंम यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय एक जुट भएर लागि पर्ने र नील हिरा समाजले सधै सहयोग गर्नुपर्ने वताए ।

वडामा नगरपालिकामा मात्रै नभई हरेक पार्टीका पार्टी कार्यलयमा गएर समुदायको पहिचान, अधिकार, समस्याको बारेमा जानकारी गराउदै दलित, जनजाती, मुस्लिम, अल्पसंख्यक, महिला सरहको समावेशीताको माग गर्न समेत उनले समुदायलाई सुझाव दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.