तेस्रोलिंगी रुक्साना कपाली आदिवासी जनजाति पत्रकार महासंघमा नियुक्त

तेस्रोलिंगी रुक्साना कपाली आदिवासी जनजाति पत्रकार महासंघमा नियुक्त

काठमाडौं (पहिचान) चैत्र १९ – तेस्रोलिंगी पत्रकार रुक्साना कपाली नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको सदस्यमा नियुक्त भएकी छन् । फोनिजको नवनिर्वाचित नेतृत्वले कपालीलाई सदस्य पदमा नियुक्त गरेको हो ।

संविधान जारी भएर संविधानको धारा ४२ ले समाजिक न्यायको हक अन्तर्गत सबै क्षेत्रमा समावेसी समानुपातिक सहभागिता सुनिश्चित गरेपछि विभिन्न क्षेत्रमा सहभागिता सुरु भएको छ । त्यही अनुरुप फोनिजले कपालीलाई नियुक्त गरेको हो ।

कपाली यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय उठान गर्ने अनलाइन पत्रिका पहिचान डटकममा र अधिकारको आबाज उठाउने रेडियो कार्यक्रम पहिचानमा समेत आबद्ध छिन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.