“आफ्ना सन्तानलाई विभेद गर्ने परिवार र समाज कानुनी कठघरामा उभिनु पर्छ”

“आफ्ना सन्तानलाई विभेद गर्ने परिवार र समाज कानुनी कठघरामा उभिनु पर्छ”

कैलाली (पहिचान) चैत्र २० – महिला अधिकारकर्मीले आफैले जन्माएका सन्तानलाई विभेद गर्ने आमा, बाबु र परिवार कानुनी कठघरामा उभिनु पर्ने वताएका छन् । पहिचानसँगको कुराकानीमा महिला मानवअधिकार रक्षक संजाल कैलालीकी अध्यक्ष निर्मला वागचनले विभेद गर्ने परिवार र समाज कानुनी कठ्घरामा उभिनु पर्ने वताएकी हुन् ।

आफैले जन्माएका सन्तानलाई विभेद गर्ने आमा, बावु र समाजलाई कानुनको कठ्घरामा उझ्याउनु पर्छ उनले भनिन् । अध्यक्ष वागचनले यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी) पनि हामी जस्तै आमाको गर्भबाट जन्मेका सन्तान भएको वताइन ।

अध्यक्ष वागचनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सवाल दर्दनक रहेको वताइन । समाजमा अझै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेर्ने नजर फरक रहेको छ उनले भनिन् यो समुदायका व्यक्तिहरु लाञ्छना र विभेदमा पर्नु परेको छ ।

अध्यक्ष वागचनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संविधानमा उल्लेख भएको अधिकारलाई कार्यन्वयन गर्न महिला मावनअधिकार रक्षक संजालका प्रतिनिधिहरुले सहयोग गर्ने प्रतिवद्वता समेत जनाइन ।

महिलाको मुद्धा मात्र नभई यौनिक तथा लैंगिक अल्पसंख्यक समसदायको मुद्धा पनि मुख्य मद्धा रहेको उनले बताईन् । अध्यक्ष वागचनले लिंगको आधारमा हुने हिंसा, विभेद न्यूनिकरण गर्न सम्पुर्ण संघ संस्थालाई अग्रह समेत गरिन ।

अध्यक्ष वागचनले पछाडी पारिएका दलित, मुस्लिम, थारु, बोक्सी प्राथा, छ्याउपढी प्राथा, यौनिक तथा लैंगिक अल्पसंख्यका विभेद जस्ता रुढीबादी कुसंस्कार अन्त्य गर्न सदैब तत्पर रहेको वताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.