मिष्टर गे वल्र्डमा पहिलो पटक नेपालका मनिल सिंह सहभागी हुने

मिष्टर गे वल्र्डमा पहिलो पटक नेपालका मनिल सिंह सहभागी हुने

काठमाडौं (पहिचान) बैशाख ३ -नेपालका मनिल सिंह पहिलो पटक मिष्टर गे वल्र्ड २०१८ मा सहभागी हुने निश्चित भएको छ । नेपालमा भएको मिष्टर गे हेन्डसम २०१७ का उपाधी विजेता सिंहले नेपालवाटै पहिलो पटक मिष्टर गे वल्र्ड (समलिंगी पुरुषहरुको अन्तराष्ट्रिय प्रतियोगिता) मा सहभागी हुन लागेका हुन ।

पहिलो पटक नेपालबाट यो प्रतियोगितामा सहभागी हुन पाउँदा धेरै खुशी लागेको मनिलले वताए । इतिहास रच्ने मलाई सुनौलो अवसर मिलेको छ पहिचान अनलाईनसँगको संक्षित्त कुराकानीमा मनिलले भने, सबैको सहयोग पाउने मलाई धेरै विश्वास लागेको छ । दक्षिण अफ्रिकामा मे २१ देखि २७ सम्म हुने यो प्रतियोगितामा मनिलले बिश्वका २२ देशका प्रतियोगीसँग संघर्ष गर्नेछन् ।

मनिललाई आशा छ, यो प्रतियोगिताको उपाधी ल्याएर नेपालको नाम राख्न सक्छु । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृ संस्था नील हिरा समाजको अधिकार प्राप्तिको अभियानका हिस्सेदार मनिल नेपालमा दोस्रो पटक भएको मिष्टर गे हेन्डसमका उपाधी विजेता हुन् । उनी सर्लाहीका स्थानीय बासिन्दा समेत हुन् ।

सर्लाहीको नाम नेपालमा राख्न सफल मनिल अव सर्लाहीको मात्रै नभएर नेपालकै नाम विश्व इतिहासमा राख्न चाहन्छन् । त्यसका लागि उनी समुदायका सदस्यको मात्रै होइन सम्पूर्ण नेपालीको सहयोगको आशामा छन् । उनलाई तपाई नेपालको नाम राख्न सक्ने बनाउन चाहनु हुन्छ भने हरेक दिन भोट गर्न सक्नुहुन्छ । त्यसका लागि यो लिंकमा क्लिक गर्न सक्नुहुन्छ ।

http://www.mrgayworld.com/delegates/voting-page-2018/

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.