रुक्शानाले लैंगिक पहिचान अनुसार रजिष्ट्रेसन भर्न पाउने

रुक्शानाले लैंगिक पहिचान अनुसार रजिष्ट्रेसन भर्न पाउने

काठमाडौं (पहिचान) बैशाख ५ – त्रिभुवन विश्वविद्यालयले यौनिक तथा लैंगिक अल्पसंख्यक बिद्यार्थीलाई लैंगिक पहिचान अनुसार रजिष्ट्रेशन भर्न पाउने व्यवस्था गर्ने भएको छ । समुदायका सदस्य तेस्रोलिंगी महिला रुक्साना कपालीको रजिष्ट्रेसन फारम भर्ने क्रममा भएको विवाद सल्टाउन विश्वविद्यालय सिनेट बैठक बस्ने भएको छ ।

बैशाख २३ गते सिनेट बैठक बस्ने र संविधान कानुन अनुसार महिला पुरुषसँगै अन्य उल्लेख गरेर भर्ना हुने पाउने समेत व्यवस्था गर्ने तयारी विश्वविद्यालयले गरेको छ । “रजिष्ट्रेशन फारममा देखिएको विवाद सल्टाउन उपकुलपतिले समेत चासो लिनुभएको छ त्रिबिबिका परिक्षा नियण्त्रक पुष्पराज जोशीले भने, यौनिक तथा लैंगिक अल्पसंख्यक भएकै आधारमा रजिष्ट्रेशन फारम भर्न नपाउने भन्ने हुँदैन ।”

झण्डै एक महिना अघि नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ नेतृत्वले लैंगिक पहिचान अनुसार रजिष्ट्रेशन फारम भर्न पाउने व्यवस्था गर्न त्रिबिबिको ध्यानाकर्षण गराइसकेको छ ।

परिक्षा नियण्त्रक जोशीका अनुसार अहिले संविधान कानुन हेरेर अध्ययन गर्ने काम भइरहेको छ । उनले तेस्रोलिंगी महिला भएका आधारमा रुक्शानाको रजिष्ट्रेशन फारम भर्न नपाउने अबस्था नआउने वताए । समाजको टोलीले सर्वोच्च अदालतको फैसला अनुसार लैंगिक पहिचानका आधारमा शैक्षिक प्रमाण पत्र पाउने परामादेश जारी गरिसकेको स्मरण समेत गराइसकेको छन् ।

समाजकी अध्यक्ष पिंकी गुरुङले अदालतको फैसला अनुसार त्रिविविले नियम बनाउनुपर्ने र कसैलाई पनि लैंगिक पहिचानका आधारमा विभेद गर्न नमिल्ने वताइन ।

त्रिचन्द्र क्याम्पसमा समाज शास्त्र संकायमा स्नातक अध्ययनरत कपालीले आफ्नो लैंगिक पहिचान अनुसारको नागरिकताको नाममा रजिष्ट्रेसन फारम भर्दा अस्वीकृत गरिएको हो । कपालीको एस एल सी सम्म जैविक लिंगमा आधारित जन्म दर्ताको नाम क्रोजन कपाली थियो भने लैंगिक पहिचान अनुसार नागरिकता लिँदा रुक्शना कपाली नाम राखेका थिए ।

स्नातक तहमा त्रिचन्द्र बहुमुखी क्याम्पसमा भर्ना गर्दा सम्म सोही नाममा भए पनि त्रिविमा रजिष्ट्रेसन फारम भर्दा अस्वीकृत गरिए पछि विवाद भएको हो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.