मिस पिंक २०१८ मा सहभागी हुनका लागि आवेदन खुल्ला

मिस पिंक २०१८ मा सहभागी हुनका लागि आवेदन खुल्ला

काठमाडौं (पहिचान) बैशाख ५ – मिस पिंक २०१८ का लागि आवेदन खुल्ला भएको छ । समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मे १७ मा हुन लागेको मिस पिंक प्रतियोगिता २०१८ का लागि आवेदन खुल्ला भएको हो । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृ संस्था नील हिरा समाजले मे १७ तारिखका दिन मिस पिंक प्रतियोगिता आयोजना गर्न लागेको हो ।

तेस्रोलिंगी महिलाको क्षमता वृद्धिका लागि हुन लागेको यो प्रतियोगितामा सहभागी हुन चाहनेले अप्रिल ३० तारिखसम्म आवेदन दिनसक्ने समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन । समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी, दुईलिंगी समुदायको स्वास्थ्य र मानवअधिकारमा सचेतना जगाउन प्रतियोगिताले सहयोग गर्ने ढकालले वताइन ।

प्रतियोगितामा सहभागी हुन आवेदन दिनेहरुको मे पहिलो हप्ताल प्रारम्भिक छनौट हुनेछ । आवेदन दिएकाहरु मध्येबाट १८ जना तेस्रोलिंगी महिला छनौट हुनेछन भने उनीहरुलाई मे ७ तारिख देखि १६ तारिखसम्म तालिम दिइने कार्यकारी निर्देशक ढकालले जानकारी दिइन । प्रतियोगितामा आवेदन दिनका लागि १८ बर्ष उमेर पुगेका तेस्रोलिंगी महिला हुनुपर्नेछ ।

चार वटा राउण्ड हुने प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।
समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा तेस्रोलिंगीको पीडा समेटिएको जिउँदो आकाश नामक नाटक मञ्चन हुनेछ । सर्वनाम थिएटरमा मे १३ देखि १६ तारिखसम्म नाटक मञ्चन हुने नील हिरा समाजले जनाएको छ ।

नील हिरा समाजले हरेक बर्षको मे १७ मा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको भिजिविलिटि गराउँदै जनचेतना मुलक विभिन्न कार्यक्रम गर्दै आएको छ । यसअघि सन् २०१६ मा भएको मिस पिंक प्रतियोगिताको उपाधी एनी लामाले जितेकी थिइन ।
आवेदन फारम भर्नका लागि यहाँ क्लिक गर्नु होला

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.