यौनिक तथा लैंगिक अल्पसंख्यकलाई छुट्टै कार्यक्रम संचालनको अबसर

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई छुट्टै कार्यक्रम संचालनको अबसर

कास्की (पहिचान) बैशाख १६ – स्थानीय निकायमा रहेका स्वतन्त्र एवं सामुदायिक रेडियोहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि छुट्टै कार्यक्रम संचालन गर्न थालेका छन् । केही स्थानीय रेडियोले यो समुदायकै व्यक्तिलाई सहभागी गराएर छुट्टै कार्यक्रम संचालन गर्न दिने प्रतिवद्धता जनाएका छन् । ति मध्येको एक कास्कीको रेडियो तरङले समुदायको बिषयमा रिपोटिङ गर्दै आएका समुदायका व्यक्तिलाई छुट्टै कार्यक्रम संचालन गर्न दिने प्रतिवद्धता जनाएको हो ।

नील हिरा समाजको नर्वेजियन परियोजनाको टोली रेडियो पुग्दा रेडियो प्रशासनले पहिचान कार्यक्रम भन्दा बाहेक छुट्टै कार्यक्रम यो समुदायका व्यक्तिलाई संचालन गर्न दिने प्रतिवद्धता जनाएको हो । “आउनु त भनेकै छौ, तर हामीले पटक पटक भनेका हौ कार्यक्रम प्रसारणमा मात्रै होइन उत्पादन गर्न समेत दिनुपर्छ ” रेडियो प्रशासनका हिमनिधी लौडारीले भने ।

उनले कार्यक्रम उत्पादन गर्न दिनु भनेपछि झण्डै ३ बर्षदेखि तरङ मै पहिचान सहकर्मीलाई कार्यालय समयमा हाजिर भएर काम गर्ने जिम्मेवारी दिइएको थियो । त्यो जिम्मेवारी अनुसार पहिचान सहकर्मी नियमित रेडियो गएर कार्यक्रम उत्पादन गरे पनि त्यो कार्यक्रम पहिचानमा मात्रै प्रसारण हुँदै आएको गुनासो भइरहेको छ । नील हिरा समाजका उपनिर्देशक परसुराम राई नेतृत्वमा रेडियो स्टेशन पुगेको टोलीले समावेशीको अभ्यास रेडियोले गर्न नसक्ने हो ? भनेर प्रश्न गरेपछि लौडारीले तत्कालै पहिचान भन्दा छुट्टै कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

केन्द्रमा यो समुदायबारे जानकारले थाहा संचार नेटवर्क, समुदायकै व्यक्तिले स्थानीय तहमा रेडियो अनमोल हेटौडा, रेडियो रुपेन्देही, बुद्ध टेलिभिजनमा कार्यक्रम संचालन एवं समाचार लेखन र बाचन समेत गर्दै आएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.