निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी विवाहको कानुनी मान्यताका लागि आमसञ्चारले वकालत गर्नु पर्नेमा जोड

समलिंगी विवाहको कानुनी मान्यताका लागि आमसञ्चारले वकालत गर्नु पर्नेमा जोड

650
SHARES

सुनसरी (पहिचान) बैशाख २३ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले समलिंगी विवाहको कानुनी मान्यताका लागि आमसञ्चारले वकालत गर्नु पर्नेमा जोड दिएका छन् । नील हिरा समाजले सुनसरीको इटहरीमा गरेको ‘समान लिंगबीच वैवाहिक सम्बन्ध’ सम्बन्धी अन्तक्र्रियात्मक छलफलमा उनीहरुले समलिंगी विवाहको कानूनी हैसियतका लागि आमसञ्चारले वकालत गर्नुपर्नेमा जोड दिएका हुन ।

नेपालको कूल जनसंख्याको कम्तीमा १० प्रतिशत जनसंख्या यौनिक तथा लैंगिक अल्पसंख्यक रहेकामा विद्यमान कानूनले उनीहरुको हक अधिकार निश्चित नगरे पनि यसबारे सकारात्मक सन्देश खबर प्रवाह गरिनुपर्नेमा पनि सोसाइटीका अभियानकर्मीले जोड दिएका छन् ।

अभियानकर्मी अनुज राई पिटर र सञ्जय शर्माले समान लिंगबीचको वैवाहिक सोचाइले मान्यता पाउनु पर्नेमा यौनिक अल्पसंयकहरुले आफ्नो अधिकारको सुनिश्चितता भएको अनुभूति नभएको वताए ।

सञ्चारमाध्यमकै सहयोगमा पनि धेरै यौनिक अल्पसंख्यक समाजमा खुलेर बाहिर आउन सफल भएकामा जोड दिंदै सुमन तामाङ र मुस्कान श्रेष्ठलगायतले आफूहरुले जीवनमा भोग्नु परेका कठिनाइ अनि समाज र परिवारबाट गरिने व्यवहारका सम्बन्धमा चर्चा गरेका थिए ।

परिवार समाज र राज्यबाटै यौनिक तथा लैंगिक अल्पसंख्यक वर्गको अधिकारको सुनिश्चितताका लागि घरपरिवार, समाज र राज्य सकारात्मक हुन सञ्चारमाध्यमले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनीहरुले जोड दिए ।

हाल नेपालमा ७०० व्यक्ति यौनिक तथा लैंगिक अल्पसंख्यक संघसंस्थामा आबद्ध रहेपनि कम्तीमा सात लाख सम्पर्कमा रहेका र अन्य पनि हुनसक्ने भएकाले तीनलाई आफ्नो जीवन सहज रुपमा बिताउन पाउन र चाहेअनुरुपको वैवाहिक जीवनको वातावरण उपलब्ध गराउन पनि ध्यानाकर्षण गराइएको थियो ।

साभार : रासस

तस्विर समलिंगी विवाहबारेको पहिलो नेपाली चलचित्रम होइन म बाट लिइएको हो ।

समाचार शेयर गर्नुहोस्
650
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.