तेस्रोलिंगीलाई बलात्कारको प्रयास गर्ने दुई जना पक्राउ

तेस्रोलिंगीलाई बलात्कारको प्रयास गर्ने दुई जना पक्राउ

काठमाडौं (पहिचान) बैशाख २६ – तेस्रोलिंगी महिलालाई बलात्कारको प्रयास गर्ने दुई जना ट्रक चालकलाई प्रहरीले पक्रेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका सिप्रदी अगाडीको मुल सडकमा तेस्रोलिंगी महिलालाई बलात्कारको प्रयास गर्ने ट्रक चालकलाई प्रहरीले नियण्त्रणमा लिएको हो ।

प्रहरी वृत्त बलम्वुले ग ६ ख ५७०९ नम्वरको ट्रकका चालक २६ बर्षका राजु परियार र ३५ बर्षका भरत मानन्धरलाई पक्रेको जनाएको छ । तेस्रोलिंगी महिला २६ बर्षकी माया चौधरी र २५ बर्षकी शर्मिला चौधरीलाई बलात्कार गर्न प्रयास गर्ने परियार र मानन्धरलाई पक्रेर बलम्वु प्रहरी कार्यालयमा राखिएको छ ।

तेस्रोलिंगी माया र शर्मिलाले हार गुहार गरेर खवर गरेपछि प्रहरी टोलीले दुई जनालाई नियण्त्रणमा लिएको प्रहरी बृत्त बलम्वुले जनाएको छ । पक्राउ परेकाहरुलाई कस्तो कारवाही हुन्छ भन्नेबारे प्रहरीले केही वताएको छैन ।

बलम्वुकी प्रहरी निरीक्षक शर्मिला गुरुङलाई यस बिषयमा जानकारी लिन पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेकी छैनन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.