निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगी बिद्यार्थीको रजिष्ट्रेशन फारम विवाद प्राज्ञिक परिषद्ले टुङग्याउने

तेस्रोलिंगी बिद्यार्थीको रजिष्ट्रेशन फारम विवाद प्राज्ञिक परिषद्ले टुङग्याउने

962
SHARES

काठमाडौं (पहिचान) बैशाख २६ – त्रिभुवन बिश्वविद्यालय परिक्षा नियण्त्रण कार्यालय बल्खुले तेस्रोलिंगीको रजिष्ट्रेशन फारम विवाद प्राज्ञिक परिषद्बाट टुङ्गो लगाउने वताएकोे छ । तेस्रोलिंगीको रजिष्ट्रशन फारम विवादबारे शिक्षा मन्त्रालय र बिश्वविद्यालय अनुदान आयोगले पत्र लेखेर राष्ट्रिय नीति नै बनाउनु भनेकाले अर्को प्राज्ञिक परिषद् यसबारेमा छलफल हुने परिक्षा नियण्त्रक पुष्प जोशीले जानकारी दिए ।

बैशाख २३ गतेको सिनेट बैठकमा पेश गर्ने भन्नु भाको थियो, बैठक नबसे पनि तपाईहरुले तयार पारेको एजेण्डामा तेस्रोलिंगीको रजिष्ट्रेशन फारम विवादको बिषय एजेण्डामा परेको रै न छ नि भन्ने पहिचानको जिज्ञासामा परिक्षा नियण्त्रणक जोशीले भने, एक त बैशाख २३ मा बैठक नै बसेन, अर्को यो एजेण्डा माघ फागुनमै तयार भएको थियो ।

उनले यो बिषयलाई सिनेटमा लैजान सकिने भएपनि शिक्षा मन्त्रालयबाट राष्ट्रिय नीति नै बनाएर सम्बोधन गर्नु भनेकाले लैजान नसकिएको सुनाए । उनले यो बिषयमा अघिल्लो प्राज्ञिक परिषद्मा छलफल भइसकेकाले अब बस्ने प्राज्ञिक परिषद्ले टुङ्गो लगाउने सम्भावना रहेको वताए ।

यो बिषयमा कसरी अगाडि बढ्ने भनेर अघिल्लो प्राज्ञिक परिषद्मा छलफल भएको थियो उनले भने, सिनेट परिषद्बाट आएपछि त्यो बिषय कार्यकारीमा जान्छ । बैशाख २३ गते सिनेट बैठक बस्ने भनिएपनि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बहिष्कार गरेपछि बस्न सकेको छैन ।

नील हिरा समाजको नर्वेजियन परियोजनाको मिडियामा कार्यरत तेस्रोलिंगी रुक्शाना कपालीले पहिचान अनुसार रजिष्ट्रेशन फारम भर्न नपाउनुको कारण के हो भनेर अध्यक्ष पिंकी गुरुङको नेतृत्वमा परिक्षा नियण्त्रक जोशीलाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझे पछि जोशीले यस बिषयमा छलफल गर्ने बताएका थिए भने पहिचान अनलाइनसँगको कुराकानीमा यो बिषय बैशाख २३ गतेको सिनेट बैठकमा छलफल हुने वताएका थिए ।

तर, सिनेट बैठक बस्ने तयारी सहित बैठकका एजेण्डा समेत वितरण गरिए पनि प्रधानमन्त्री एवं त्रिबिका कुलपति केपी शर्मा ओलीको बहिष्कार पछि सिनेट बैठक बस्न सकेन ।

त्यो बैठकका एजेण्डामा तेस्रोलिंगीको रजिष्ट्रेशन फारम विवादबारे केही लेखिएको थिएन । परिक्षा नियण्त्रक जोशीले अब यो बिषय प्राज्ञिक परिषद्बाटै टुङ्गो लाग्ने वताए ।

समाचार शेयर गर्नुहोस्
962
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.