कुटपिटमा परेर हातखुट्टा भाँचिदा समेत के भयो भनेर भन्दैनन्, चुप लागेर बस्नु पर्ने अबस्थामा तेस्रोलिंगी

कुटपिटमा परेर हातखुट्टा भाँचिदा समेत के भयो भनेर भन्दैनन्, चुप लागेर बस्नु पर्ने अबस्थामा तेस्रोलिंगी

काठमाडौं (पहिचान) बैशाख २८ – पोखराका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले हिंसा सहने गरेका कारण यौनिक तथा लैंगिक हिंसा बढेको बताएका छन् । नील हिरा समाजको नर्वेजिएन परियोजनाको रिभ्यु मिटिङमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले यस्तो खुलासा गरेका हुन् ।

‘हाम्रा साथिहरु कुटपिट भएर हात खुट्टा भाँचिएर अस्पताल भर्ना हुनुपर्दा समेत के भएको हो भनेर भन्दैनन्,’ अधिकारकर्मी राज थापाले भने, ‘हाम्रो साथिहरुले हिंसा सहँदा एकातिर पीडितले न्याय पाइरहेका छैंनन्, अर्कातिर पिडकहरुले उन्मुक्ति पाइरहेको अवस्था छ ।’ उनले पछिल्लो समय यो अवस्थामा केही सुधार भएको बताए ।

‘विगतमा हिंसा सहेर बस्ने अवस्था थियो, अब समुदायका साथिहरु हिंसा नसहने बानिको विकास क्रमिक रुपमा हुँदै गएको छ,’ थापाल भने, ‘यसले हिंसामा कमी आउने र पिडकलाइ पनि चेतावनी मिल्ने क्रम बढेको छ ।’

उनले आवश्यकता गाउँ गाउँमा सेन्सेटाइजेसन जरुरी भएपनि त्यसो हुन नसकेको बताए । ‘अझै गाउँ गाउँमा कार्यक्रम लैजान सकिएको छैन । यसलाई सहरबाट अव गाउँ केन्द्रीत गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘सहरी क्षेत्रमा सम्पर्कमा आउने र खुलेर हिड्ने अवस्था रहेपनि गाउँ गाउँमा धेरै समुदायका सदस्यहरुर लुकेर बसेको बताए ।

रिभ्यु मिटिङ्मा पोखराकी तेस्रोलिंगी अधिकारकर्मी विन्दिया गौतमले लैंगिक तथा यौनिक अल्पसंख्यक विषयका आवश्यकता पुरा गर्न कार्यक्रम गरिरहेको जानकारी दिइन । ‘समुदायका साथिहरुको नेतृत्व विकास गर्न हामीले काम गरिरहेका छौं,’ गौतमले भनिन, ‘समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथिका विभेद र लाञ्छाना अन्त्य गर्न स्थानीय सरोकारवाला समुदाय र संस्थालाई दवाव दिने कार्यक्रम गरिरहेका छौं ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र पनि वर्कसप तथा गोष्ठी गरिरहेको बताइन ।

उनले विगतमा भन्दा पत्रकार र प्रहरीसँग पनि राम्रो सम्बन्ध विकास भएको तथा विगतमा भन्दा समुदायमा पनि लाञ्छना र विभेद कम भएको बताइन । उनले जिविस पोखराले बजेट छुट्टाएको बताइन । ‘पोखरा लेखनाथ नगरपालिकाले पनि बजेट छुट्टाएको थियो, त्यसबाट समुदायका साथिहरुले ड्राइभिङ तालिम लिएका छन्,’ गौतमले भनिन । उनले विभिन्न संघसंस्थामा पनि आवद्ध भएर काम गरिरहेको बताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.