स्थानीय सरकार केन्द्रीत दवाव मुलक कार्यक्रम गर्नु पर्नेमा जोड

स्थानीय सरकार केन्द्रीत दवाव मुलक कार्यक्रम गर्नु पर्नेमा जोड

रुपन्देही (पहिचान) वैशाख ३१ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले स्थानीय सरकार समक्ष ज्ञापन पत्र बुझाउदै दवाव मुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिइएको छ । नील हिरा समाज रुपन्देहीको आयोजना, नील हिरा समाज काठमाडौं नर्वेजियन परियोजनाको सहकार्यमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि स्थानीय जनप्रतिनिधीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सिद्धार्थ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष थानेश्वर पौडेलले सबै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अझै पनि समाजले विभेद गर्ने र हिजडा छक्का जस्ता उपनामले सम्बोधन गर्ने हुदा यो समुदाय पनि समाजका अन्य नागरिक सरह हुन भनेर स्पष्ट पार्न सक्ने खालका कार्यक्रम हरेक नगरपालिका र वडाहरुमा गर्न जरुरी रहेको वताए ।

कार्यक्रममा नील हिरा समाज रुपन्देहीकी कार्यक्रम संयोजक मनिला न्यौपानेले रुपन्देहीमा भइरहेका कामहरुको बारेमा र रुपन्देहीमा रहेका समलिंगी तेस्रोलिंगी समुदायको अवस्थाका बारेमा प्रस्तुतिकरण गरिन । प्रस्तुतिकरण गर्दै संयोजक न्यौपानेले समलिंगी व्यबाहार मानबमा मात्रै नभई जनवार र भगवानमा पनि हुने गरेको वताइन । उनले समलिंगी तेस्रोलिंगीहरु पनि यही देशका नागरिक भएको हुदा अब सरकारका हरेक नीति निर्माण तहमा आवाज उठाउन स्थानिय जनप्रतिनिधीहरुलाई आग्रह समेत गरिन ।

कार्यक्रममा सिद्धार्थ नगरपालिकाका १३ वटा वडाका वडा अध्यक्षहरु राजन जंग राणा, मुक्तिनाथ यादव, करुन्जन श्रेष्ठ लगायतले आ आफ्ना धारणा राखेका थिए । नील हिरा समाज भैरहवाका मानव अधिकारकर्मी सुमन चेपाङ्गको स्वागत मन्तव्य तथा पहिचान सहकर्मी विनोद वि.सीको संचालनमा सम्पन्न भएको कार्यक्रममा समलिंगी तेस्रोलिंगीहरुसंग सम्बन्धित वृत चित्र पनि प्रदशन गरिएको थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.