यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आफु जस्तै स्वरोजगार बनाउने हुसेनको अठोट

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आफु जस्तै स्वरोजगार बनाउने हुसेनको अठोट

काठमाडौं (पहिचान) जेठ १ – काम गर्न लाज मान्नु हुँदैन र काम गरे भोकै मर्नु पनि पर्दैन । हो यही हिम्मत लिए तेस्रोलिंगी पुरुष राज हुसेन अहिले काठमाडौं महाराजगंजको नारायणगोपाल चोक नजिकै सलुन संचालन गरेर बसेका छन् ।

उनको सलुनमा अहिले यौनिक तथा लैंगिक अल्पसंख्यकको चासो बढेको छ । किन की हुसेन तिनै व्यक्ति हुन जसलाई तेस्रोलिंगी पुरुष भएकै कारण नेपाल प्रहरीको जागिरबाट बर्खास्तमा परे ।

उनलाई उनको यौनिकताकै आधारमा जागिरबाट बर्खास्त गरेपछि नील हिरा समाजले वकालत गर्यो । सर्वोच्च अदालतको आदेश पछि हुसेन नेपाल प्रहरीमा पुर्नवहाली भए । तर पनि उनले स्वतन्त्र हुन नसकेको गुनासो गर्दै आएका थिए ।

हुसेन २०६२ सालमा नेपाल प्रहरीमा भर्ना भएका हुन् । हुसेन जन्मदा महिला हुन् । अहिले उनको लैंगिक पहिचान पुरुष तेस्रोलिंगी हो । उनैले टोम बोय सलुन संचालन गरेका हुन् ।

उनले नेपाल प्रहरीको जागिरबाट स्वच्छिक अवकास लिएर सलुन संचालन गरेका हुन् । उनले यो सलुन आफू जस्तै तेस्रोलिंगी पुरुषका लागि भनेपनि महिला, पुरुष यौनिक तथा लैंगिक अल्पसंख्यक सबैले सलुनमा गएर कपाल कटाउन सक्नेछन् । हुसेनले यो पेशा सजिलो नभएको वताए ।

यो पेशा सुरु गर्नु अघि तालिमको आवश्यकता पर्ने र तालिम महंगो रहेको हुसेनले वताए । खान बस्न समेत समस्या भएका साथीहरु छन हुसेनले भने, त्यसैले सरकारले हामी जस्तो यौनिकता भएकालाई विभिन्न सीप मुलक तालिममा सहभागी गराउनु पर्ने हो, जुन आजसम्म भएको छैन । हुसनेले आफू मात्रै नभई समुदायका धेरै जना साथिहरुलाई सिकाएर आफु जस्तै हेयर ड्रेसर बनाएर आफ्नो जिबिको आर्जन गरेर खाने बनाउने समेत बताए ।

हुसेनले संचालन गरेको टोम बोय सलुनमा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ सहितका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पुगेर हुसेनलाई व्यवसाय सफलताको शुभकामना दिइरहेका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.