“म होइन म” चलचित्र प्रर्दशन, अधिकार प्राप्तिको अभियान रोक्न नहुनेमा जोड

“म होइन म” चलचित्र प्रर्दशन, अधिकार प्राप्तिको अभियान रोक्न नहुनेमा जोड

काठमाडौ (पहिचान) जेठ ४ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अधिकार प्राप्तिको अभियानलाई अझ सशक्त र प्रभावकारी ढंगले अगाडी बढाउनु पर्नेमा जोड दिएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको दिवसका अवसरमा काठमाडौं आएका समलिंगी महिला, वाइसेक्सुयल महिला र तेस्रोलिंगी पुरुषहरुले अभियान अझ सशक्त र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका हुन् । उनीहरुले दातृ निकायबाट प्राप्त सहयोग धेरै कम भएको भन्दै सरकारसँगै लविङ गर्नु पर्ने बताए ।

नील हिरा समाजको कार्यालय धुम्वाराहीमा समलिंगी विवाहमा आधारित रहेर बनाइएको “म होइन म” चलचित्र प्रर्दशन कार्यक्रममा समाजका उपनिर्देशक परसुराम राईले केन्द्रमा जस्तै जिल्ला जिल्लामा समन्वयनको पक्षलाई बलियो बनाउनु पर्ने वताए । राइले मानवअधिकार, मिडिया र कोर फण्डमा सहयोग गरिरहेको नर्वेजियन दूतावाससँगको सम्झौता आउँदा जुलाई देखि सकिने जानकारी दिए ।

“आउँदो जुुलाईबाट फेरी यो परियोजनाले निरन्तरता पाउँछ पाउदैन केही भन्न सकिने अवस्था छैन उपनिर्देशक राईले भने, आ आफनो मुद्धा अगाडी ल्याउन, अब कसरी अगाडी बढ्ने भनेर योजना बनाउन लाग्नु पर्छ ।” उनले अब पनि डोनरकै भरमा मात्रै पर्नु भन्दा अन्य कुनै संघ संस्था र सरकारी निकायहरुमा पनि लाग्न जरुरी रहेको बताए ।

पहिलो मिष्टर गे हेन्डसमका उपाधी बिजेता बिश्वराज अधिकारीले आफनो अधिकारको अभियान र पहिचान खोज्नको लागि दातृ निकायले सहयोग नगरे पनि अभियान रोक्न नहुने वताए । “दातृ निकायले सहयोग गरेन भने म त्यतिकै घरमा बस्दिन, तपाइहरु पनि आफनो अधिकार र पहिचानको लागि लागि पर्नुपर्छ अधिकारीले भने, पैसा भएमा मात्रै अधिकारको अभियान संचालन गर्ने र पहिचान खोज्ने होइन हामी हाम्रो अधिकार र पहिचान जहिले सम्म पाउदैनौ त्यति बेलासम्म लागिरहनुपर्छ ।” उनले एलबीटी समुदायलाई अधिकार प्राप्तिको अभियान सशक्त बनाउन सुझाव पनि दिए ।

अधिकारकर्मी दुर्गा थापाले एलबीटी समुदायलाई सबै भन्दा कम बजेट छट्टयाइएको गुनासो गरिन । “अहिले छुट्टयाइएको बजेटले सबै कुरा पुरा गर्न सजिलो छैन, हामी आफनो अधिकार र पहिचान खोज्नका लागि अबका दिन अन्य संस्थाहरुमा पनि जाने कोसिस गरौ थापाले भनिन्, सरकारी निकायहरुमा केन्द्रबाट हामीले धरै प्रयास गरेका छौ ।”

अधिकारकर्मी भक्ति साहले आगामी जुलाईदेखि दातृ निकायले सहयोग गर्छ गर्दैन भन्नेमा आफूहरु ढुक्क नरहेको बताए । उनले अरु योजना पनि बनाइरहेकाले नआत्तिन समुदायका सदस्यलाई आग्रह गरे ।

अन्तरलिंगी अधिकारकर्मी इशान रेग्मिले संविधानमा लेखिएको अधिकार कार्यान्वयन गराउन दवाव दिनु पर्ने वताए । आउँदो असोजसम्म संविधान अनुसार कानुन बनिसक्नु पर्ने वताउँदै रेग्मीले अब सबैको ध्यान संविधान अनुसार कानुन बनाउन दवाव दिने तर्फ केन्द्रीत हुनु पर्ने वताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.