निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विधान कार्यान्वयनमै नेविसंघलाई समस्या : अध्यक्ष भन्छन् विधान मान्छुु, केन्द्रीय सदस्य सोध्छन् खोइ मानेको ?

विधान कार्यान्वयनमै नेविसंघलाई समस्या : अध्यक्ष भन्छन् विधान मान्छुु, केन्द्रीय सदस्य सोध्छन् खोइ मानेको ?

768
SHARES

काठमाडौं (पहिचान) जेठ ८ – नेपाल बिद्यार्थी संघलाई ११ औं महाधिवेशनबाट सुरु गरेको विधान कार्यान्वयनमा संकट देखिएको छ । आठ वर्षपछि महाधिवेशनमा गएको नेविसंघले ११ औं महाधिवेशनमा संविधान अनुरुपको समावेसी विधान पारित गरेकोमा अहिले कार्यान्वयनमा जटिलता पैदा भएको हो ।

संविधान अनुरुपका आदिवासी जनजाति, महिला मधेसी, पिछडा वर्ग, यौनिक तथा लैंगिक अल्पसंख्यकसहितका अल्पसंख्ययक र अपांगलाई समावेसी प्रतिनिधित्व गराउने गरि बनेको विधान कार्यकाल सकिन चार महिना बाँकी रहँदा समेत कार्यान्वयन भएको छैन । विधान अनुसार केन्द्रीय समितिमा यी सबै क्ल्स्टरबाट प्रतिनिधित्व हुनुपर्ने व्यवस्था रहेपनि अध्यक्ष नैंनसिंह महरले अहिलेसम्म केन्द्रीय समितिलाई पूर्णता दिएका छैनन् ।

नेविसंघ केन्द्रीय समितिमा यौनिक तथा लैंगिक अल्पसंख्यकको पनि प्रतिनिधित्व हुन्छ भन्ने प्रश्नमा नेविसंघ अध्यक्ष नैनसिंह महर अप्रत्यक्ष जवाफ दिएर पन्सन्छन् । ‘विधानको भावनालाई सम्मान नैं हुनेगरी केन्द्रीय समितिलाई पूर्णता दिने छु,’ अध्यक्ष महरको यो भनाइ दुई वर्ष अघि निर्वाचित हुँदा देखि अहिलेसम्म परिवर्तन भएको छैन ।

नेविसंघको ११ औं महाधिवेशनबाट दुई वर्षका लागि निर्वाचित भएको नेतृत्वको चार महिना मात्र कार्यकाल बाँकी रहँदा अहिलेसम्म अल्पसंख्यक कोटामा अझै नियुक्ति भएको छैन । नेविसंघका पदाधिकारी देखि प्रवक्तासम्म यौनिक तथा लैंगिक अल्पसंख्यकाबाट प्रतिनिधित्व हुनेमा ढुक्क छैनन् ।

‘नियुक्तिको अधिकार अध्यक्षज्यूको भएको र उहाँले अल्पसंख्यक भित्र यौनिक तथा लैंगिक अल्पसंख्यक, अपांग तथा अल्पसंख्यक समुदायबाट एकजनाको मात्र नियुक्ति गर्न पाउने हो, आकांक्षी धेरै पद एउटा मात्र भएर पनि अध्यक्षज्युले नियुक्ति ढिला गरेको हुन सक्छ,’ नेविसंघका प्रवक्ता समेत रहेका सहमहामन्त्री प्रेम जोसीले भने, ‘विधान कार्यान्वयन गर्दा धेरैलाई सन्देश दिनेगरी यौनिक तथा लैंगिक अल्पसंख्यक नियुक्त गरे राम्रो हुन्थ्यो ।’

उनले अध्यक्ष भएपछि धेरै प्रकारको प्रेसरमा काम गर्नुपर्ने भन्दै यसै हुन्छ भनेर आफू बताउन सक्ने अवस्थामा नरहेको बताए । ‘बरु पढ्नका लागि विश्वविद्यालय देखि विद्यालय तहसम्म स्कोलरशिपको व्यवस्थाका लागि म ज्ञारेन्टी लिन सक्छु,’ जोसीले भने । उनले धेरै क्याम्पस तथा निजी विद्यालयले दिनै पर्ने भनेर तोकिएको कोटामा समेत छात्रवृत्ति नदिएकाले उनीहरुले आफूलाई खबर गरे कोटामा पारिदिने बताए ।

नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले भने अध्यक्षले संगठनलाई लोकप्रिय बनाउन र सबैले मेरो संगठन भन्ने बनाउने काम नगरेको बताए । ‘अध्यक्षले विधान अनुरुप समयमै समावेसी आधारमा केन्द्रीय सदस्य मनोनित गरेको भए अहिलेसम्म छुट्टै प्रकारकोे उत्साह आइसकेको हुन्थ्यो,’ केन्द्रीय सदस्य भट्टले भने, ‘तर उहाँ गुट जोगाउने अभियानमा हराइरहनुभएको छ, संगठनलाई चलायमान बनाउन उहाँ चुकिरहनुभएको छ ।’

उनले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु विधान बनाउँदा देखि दुईजना महाधिवेशन प्रतिनिधि छनौंट हुँदासम्म उत्साह आएकोमा केन्द्रीय समितिमा प्रतिनिधित्व नहुँदा निराशा छाएको बताए । ‘महाधिवेशनमा सहभागि हुँदा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरु भक्ति शाह र शाहस बटालामा छुट्टै प्रकारको उत्साह थियो, तर अहिले उहाँहरु हामीसँग भेटदा निराशा व्यक्त गर्नुहुन्छ,’ केन्द्रीय सदस्य भट्टले भने, ‘यो सबै अध्यक्षको क्रियाहिनताको परिणाम हो ।’ उनले अध्यक्षले सबै कोटाबाट मनोनयन गरे हुनेहरु उत्साहित हुने र नहुनेले पनि आस मारेर अर्को पटकका लागि गृहकार्यमा जुट्ने बताए ।

समाचार शेयर गर्नुहोस्
768
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.