मनिल मिष्टर गे वल्र्डमा सहभागी हुन दक्षिण अफ्रिका प्रस्थान

मनिल मिष्टर गे वल्र्डमा सहभागी हुन दक्षिण अफ्रिका प्रस्थान

काठमाडौं (पहिचान) जेठ ९ – दोस्रो मिष्टर गे हेन्डसमका उपाधी विजेता मनिल सिंह पहिलो पटक मिष्टर गे वल्र्ड २०१८ मा सहभागी हुन दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । नेपालमा भएको मिष्टर गे हेन्डसम २०१७ का उपाधी विजेता सिंहले नेपालवाटै पहिलो पटक मिष्टर गे वल्र्ड (समलिंगी पुरुष) हरुको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन दक्षिण अफ्रिका प्रस्थान गरेका हुन् ।

उनी अस्ती मे २१ देखि हुने प्रतियोगितामा सहभागितामा जाने तयारीमा थिए । उनले यो बिषयमा पत्रकार सम्मेलन नै सोच बनाएको वताएका थिए, तर पत्रकार सम्मेलन कसका कारण रोकियो र उनी सम्मेलन सुरु भएको दुई दिन पछि अफ्रिका प्रस्थान गरे त्यो भने खुलेको छैन ।

सायद उनले दक्षिण अफ्रिकाबाट फर्केपछि यो बिषयमा प्रष्ट पार्ने नै छन् । उनले अफ्रिका प्रस्थान गर्न केही समय अघि पहिचानसँग कुरा गर्दै पहिलो पटक नेपालबाट यो प्रतियोगितामा सहभागी हुन पाउँदा धेरै खुशी लागेको वताएका थिए । इतिहास रच्ने मलाई सुनौलो अवसर मिलेको छ पहिचान अनलाईनसँगको संक्षित्त कुराकानीमा मनिलले भने, सबैको सहयोग पाउने धेरै विश्वास लागेको छ । मे २१ देखि २७ सम्म हुने यो प्रतियोगितामा मनिलले बिश्वका २२ देशका प्रतियोगीसँग संघर्ष गर्नेछन् ।

मनिललाई आशा छ, यो प्रतियोगिताको उपाधी ल्याएर नेपालको नाम राख्न सक्छु । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृ संस्था नील हिरा समाजको अधिकार प्राप्तिको अभियानका हिस्सेदार मनिल नेपालमा दोस्रो पटक भएको मिष्टर गे हेन्डसमका उपाधी विजेता हुन् । उनी सर्लाहीका स्थानीय बासिन्दा समेत हुन् ।

सर्लाहीको नाम नेपालमा राख्न सफल मनिल अव सर्लाहीको मात्रै नभएर नेपालकै नाम विश्व इतिहासमा राख्न चाहन्छन् । त्यसका लागि उनी समुदायका सदस्यको मात्रै होइन सम्पूर्ण नेपालीको सहयोगको आशामा छन् ।

यो पनि पढ्नुहोस

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.