जानकी मन्दिरमा भेटी विवाद, महन्थको चेतावनी पछि तेस्रोलिंगी हच्किए

जानकी मन्दिरमा भेटी विवाद, महन्थको चेतावनी पछि तेस्रोलिंगी हच्किए

धनुषा (पहिचान) जेठ ११ – जनकपुरको जानकी मन्दिरमा तेस्रोलिंगीले पाउने भेटि बढाएर चार लाख पु¥याएपछि उत्पन्न विवाद साम्य पार्ने प्रयास गरिएको छ । जानकी मन्दिरमा हरेक महिनाको पूर्णिमामा तेस्रोलिंगीले नाच्ने तथा आशिर्वाद दिने प्रचलन रहेकोमा मन्दिर व्यवस्थापनले तेस्रोलिंगीसँग दुइ लाख उठाउँदै आएको थियो । त्यही दुइलाख रुपैया समेत बढाएर चार लाख पुर्याएपछि आर्सिवाद दिदै आएकी रामभरोसराज मुस्कान अदालतको ढोका खटखटाउन पुगेकी थिइन् ।

तर मन्दिर व्यवस्थापन, महन्थ र पुजारीको दवावमा जिल्ला अदालत धनुषा प्रशासनले मुद्धा दर्ता मैं आलटाल गर्दै टारेको थियो । महन्थ रामतपेश्वार दासले बढाएको रकम फिर्ता लिएर पुरानैं रकम लिने बताउँदै आदालत गए तेस्रोलिंगीलाई नाच्ने र आर्शिवाद दिने अधिकारबाटै बञ्चित गरिदिने चेतावनी दिएपछि मुद्धा रोकिएको छ ।

‘महन्थले दुइलाख मात्र दिदा हुँन्छ, बढाएको थप दुइलाख नलिने व्यवस्था म मिलाउँछुँ भन्नुभएको छ,’ अधिकारकर्मी प्रदीप यादवले भने, ‘उहाँले यदी मुद्धा दर्ता गरेमा मन्दिरमा आर्सिवादका लागि बस्ने र नाच्ने अधिकारबाट बञ्चित गर्ने चेतावनी दिएपछि मुस्कान डराइन् र उनले नैं मुद्धामा नजाने भन्दै बसिसकेकी छन् ।’ यादवले मन्दिर व्यवस्थापनले आर्शिवाद दिने नयाँ तेस्रोलिंगी महिला ‘मेटी’ ल्याएपछि मुस्कान डराएको बताए ।

उनले आफ्नै तर्फबाट तेस्रोलिंगीसँग वार्षिक दुइ लाख उठाउन समेत बन्द गर्न आग्रह गरेपनि महन्थले त्यसलाई लागु गर्न नसकिने बताएको सुनाए । जानकी मन्दिरमा हरेक पूर्णिममा एकजना तेस्रोलिंगी महिलासहित दुइजना संगितकर्र्मी बस्ने र त्यहाँ आउने दर्शनार्थिलाई आर्शिवाद दिने प्रचलन छ । मन्दिर व्यवस्थापनले त्यही आर्शिवाद दिदा भक्तजनले दिएको भेटिबाट वार्षिक दुइ लाख उठाउँदै आएकोमा गत वर्ष देखि चार लाख पुर्याएको थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.