यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान आफ्नै परिवारबाट खुलाउन सुरु गर्नु पर्छ : प्रधान

यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान आफ्नै परिवारबाट खुलाउन सुरु गर्नु पर्छ : प्रधान

रुपन्देही (पहिचान) जेठ १३— हरेक सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचान र अधिकारका बिषयमा आवाज उठाउनु पर्नेमा जोड दिइएको छ । पहुँच परियोजना अन्तरगत कदम नेपालले आयोजना गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक पहिचान र सवाल विषयक अभिमुखीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

अभिमुखीकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सुनिल प्रधानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचान आफ्नै परिवारबाट खुलाउन सुरु गर्नु पर्ने बताए । प्रहरी निरीक्षक प्रधानले परिवारले नै आफ्नो सन्तानको पहिचान के हो ? उसको भावाना के छ ? भन्ने नबुझेको हुदा समाज र राज्यलाई भन्दा पहिला परिवारलाई सचेत गराउनु पर्ने बताएका हुन् ।

यस्तै नेपाली कांग्रेस सिद्धार्थ नगरपालिका वडा नं ६ का बुथ कमिटीका सचिब शम्भु राज विष्टले देशमा संघियता आए पनि सरकारले स्थानिय तह देखी केन्द्रिय तह सम्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारमा कुनै सुधार नल्याएको र उनीहरुको पहुँच नभएको बताए । जब सम्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सरकारका हरेक तहमा पहुँच हुदैन तब सम्म देश संघियतामा गएको कुनै अर्थ नहुने सचिव विष्टले बताए ।

कार्यक्रममा नील हिरा समाज रुपन्देहीका मानबअधिकारकर्मी तेस्रोलिंगी पुरुष सुमन चेपाङ्ग र तेस्रोलिंगी महिला रोजिना गुरुङ्गले आफुहरुले तेस्रोलिंगी भएकै कारण परिवार र समाजमा भोगेका भोगाईहरु सुनाए भने नील हिरा समाज रुपन्देहीकी कार्यक्रम संयोजक मनिला न्यौपानेले नील हिरा समाजले १८ वर्षसम्म गरेका कामका उपलब्धि, समस्या, चुनौती र संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अबस्था कस्तो छ भन्ने विषयमा प्रस्तुतीकरण गरिन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.