निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तपाईले स्वीकार गर्नु भएको छ ? (भिडियो)

तपाईले स्वीकार गर्नु भएको छ ? (भिडियो)

989
SHARES
bty

काठमाडौं (पहिचान) जेठ १४ – तेस्रोलिंगी अधिकारकर्मी सुमन तामाङले स्टेजमा दुई शब्द बोल्न दिएर मात्रै समावेशी भएको नठान्न सरोकारवालाई चेतावनी दिएका छन् । खानेपानी तथा सरसफाई मन्त्रालयको आयोजनामा नेपालमा पहिलो पटक मनाइएको राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा तामाङले यस्तो चेतावनी दिएका हुन् ।

छाउपडी पीडित महिला र तेस्रोलिंगी पुरुषको पीडा सुनेर कार्यक्रममा अतिथि र प्रमूख अतिथिले सम्बोधन गर्ने तालिका कार्यक्रम सुरु भएपछि परिवर्तन गरियो । “तेस्रोलिंगी पुरुष जन्मदा बालिका भएर जन्मेका हुन्, उनीहरुले पनि महिनावारीको समस्या भोग्नु परेको हुन्छ तामाङले भने, सबै तेस्रोलिंगी पुरुषको समस्या लिएर आएको थिए, मैले सुनाउने बेला कोहीपनि मन्त्रीहरु हुनुहुन्न ।”

सन् २०१४ मा पहिलो पटक जर्मनीमा महिनावारी दिवस मनाइएको थियो । अघिल्लो बर्षसम्म महिनावारी दिवस मनाउने देशको संख्या ५६ वटा पुगिसकेको छ । यो बर्ष नेपालमा पहिलो पटक राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाएको हो ।

यो दिवसमा सभामुख कृष्ण बहादुर महरा, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम माया थापा, खानेपानी तथा सरसफाइ मन्त्री विना मगर र स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल अगाडी सुमनले आफ्नो समुदायको पीडा राख्ने तालिका थियो । कार्यक्रम स्थलबाटै तालिका परिवर्तन गरेर प्रमूख अतिथि महरा र अतिथिहरु पोखरेल, थापा, मगर र अर्यालले सम्बोधन गरेर हिडेपछि सुमनले अन्तिममै भएपनि यौनिक तथा लैंगिक अल्पसंख्यकको समस्या सुनाए ।

“यौनिक तथा लैंगिक अल्पसंख्यकलाई तपाईले स्वीकार गर्नु भएको छ ? सुमनले भने, जैविक रुपमा म बालिका हुँ भने लैंगिक रुपमा म पुरुष नै हुँ ।” उनले महिनावारीको समयमा महिलामा भन्दा धेरै समस्या तेस्रोलिंगी पुरुषले भोग्नु परेको वताए । “आफ्नो बास्तविक पहिचान अनुसार बाच्न दिइएको छैन उनले भने, शौचालयमा जादाँ समेत भेदभाव हुन्छ ।”

सुमनले महिला, पुरुष र अन्य व्यक्तिका लागि छुट्टा छुट्टै शौचालय निर्माण हुनुपर्ने माग गरे । “हामी जस्ता तेस्रोलिंगी पुरुष महिलाको शौचालयमा जाने कि पुरुषको शौचालयमा जाने उनले भने, महिलाको जाउँ पुरुष देख्छन, पुरुषको शौचालयमा जाउँ असुरक्षित हुनुपर्छ भन्नुहोस हामी त्यहाँ सुरक्षित छौ ?”

समाचार शेयर गर्नुहोस्
989
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.