नेपालका लागि नयाँ अमेरिकी राजदुतमा बेरी आउँदै

नेपालका लागि नयाँ अमेरिकी राजदुतमा बेरी आउँदै

काठमाडौं (पहिचान) जेठ १६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले नेपालका लागि नयाँ राजदूत रयाण्डी डब्ल्यू बेरी नियुक्त गरेका छन् । यस निर्णयलाई औपचारिकरण गर्न सिनेटको निर्णयको आवश्यकता हुन्छ । बेरी समलिंगी पुरुष हुन् ।

उनले यस अघि कन्सुलर जेनेरलका रूपमा सेवा गरेका थिए भने बङ्गलादेश, इजिप्ट, युगाण्डा, दक्षिण अफ्रिका र वासिङटन डिसिको राज्य विभागमा काम गरेका थिए । नेपालको तत्कालीन अमेरिकी राजदूत अलाइना बि टेप्लिज् भने श्रीलङ्का र माल्दिभस्का लागि नियुक्त हुनेछिन ।

उनले नेपालमा अगस्ट २०१५ देखि काम गर्दै आएकी छन् । यसको औपचारिक पुष्टिकरणका लागि अझै केही महिना लाग्नेछ । र्याण्डी बेरी पेशागत वरिष्ठ विदेश सेवा अधिकारी हुन् र २५ वर्ष कुटनीतिज्ञ क्षेत्रमा अनुभवी छन् । उनी अहिले भने मानव अधिकार, प्रजातन्त्र र श्रम ब्यूरोमा उप सहायक सचिवका रूपमा काम गर्छन् ।

उनी सन् २०१५ देखि २०१७ सम्म राज्य विभागमा यौनिक तथा लैंगिक अल्पसख्यकको मानव अधिकारमा विशेष दूत थिए । उनले अमेरिकामा दुई पटक कन्सुलर जेनेरल र प्रधान अधिकारीका रूपमा एम्स्टरड्याम, निदरल्याण्ड (२०१२ २०१५) र अकल्यान्ड, न्यूजियाल्याण्ड(२००९(२०१२) मा कार्यरत थिए ।

काठमाडौँ स्थित अमेरिकी राजदूतावासमा लक्ष उप प्रमुखका रूपमा २००७ देखि २००९ सम्म कार्यरत उनी नेपालबारे जानकार छन् । उनको पेशाको प्रारम्भ राज्य विभागबाट १९९३ देखि १९९५ सम्म बङ्गलादेश, १९९६ देखि १९९८ सम्म इजिप्ट, १९९८ देखि २००२ सम्म युगाण्डा र २००३ देखि २००७ सम्म दक्षिण अफ्रिका पुगेका थिए ।

उनले विभिन्न पुरस्कारहरू पनि हात पारेका छन् भने स्पेनी र अरबी भाषा पनि बोल्छन् । कान्सा स्थित बेथानि कलेजबाट स्नातक गरेका बेरी, एड्लेडी विश्वविद्यालयमा रोटरी स्नातक विद्वान पनि थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.