सांसद हृदयेश त्रिपाठीलाई तेस्रोलिंगीको सुझाव “तपाईको लिंग छुट्टयाउनुहोस”

सांसद हृदयेश त्रिपाठीलाई तेस्रोलिंगीको सुझाव “तपाईको लिंग छुट्टयाउनुहोस”

काठमाडौं (पहिचान) जेठ १८ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले सांसद हृदयेश त्रिपाठीलाई आफ्नो राजनीतिक लिंग छुट्टयाउन आग्रह गरेका छन् । सांसद त्रिपाठीले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमलाई तेस्रोलिंगीको संज्ञा दिदै तेस्रोलिंगी बजेट आउनुभन्दा नआउनु बेस हुन्छ भनेर संसदमा बजेट माथि भएको छलफलमा दिएको अभिव्यक्ति प्रति समुदायका सदस्यले आपत्ती जनाएका हुन् ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ्गले भनिन्, “यो अभिव्यक्ति नेपाल भर रहेका तेस्रोलिंगी सहित सबै समुदाय माथिको अन्याय हो, यो बहिष्कारको पराकाष्ठा हो ।” अध्यक्ष गुरुङले यस्तो खालको संकिर्ण सोच भएको नेताले सम्पूर्ण जनताको प्रतिनिधित्व गर्न नसक्ने वताइन ।

पहिचान अनलाइनसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष गुरुङले त्रिपाठीको अभिव्यक्ति मधेशीको मुद्धालाई मात्रै प्राथमिकीकरण गर्ने र तेस्रोलिंगीको मुद्धालाई सम्बोधन गर्दा मधेशीको मुद्धा ओझेलमा पर्ने कमजोर मनोभावनाबाट आएको प्रतिक्रिया दिइन ।

कान्छि चलचित्रकी नायिका एवं तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले फेसवुकमा स्टाटस लेखेर त्रिपाठीको अभिव्यक्ति प्रति आपत्ती जनाएकी छन । त्रिपाठीले छलफलका क्रममा ‘तेस्रोलिंगी कार्यक्रम फिर्ता लिएर अन्य कार्यक्रममा खर्च गर्नु ‘ भन्नेसम्मको अभिव्यक्ति दिएका थिए ।

नायिका एवं अधिकारकर्मी श्रेष्ठले त्रिपाठीलाई आफ्नो राजनीतिक लिंग छुट्टयाउन समेत आग्रह गरेकी छन् । ” तेस्रोलिंगी बजेट आउन भन्दा नआउन ठिक भनेर संघिय संसदको सदस्यमा निर्वाचित सदस्यलाई बोल्ने अधिकार कसले दियो ? भूमिकाले प्रश्न गरिन, तेस्रोलिंगीलाई संसद जस्तो गरिमामय पदमा बसेको ब्यक्तिले यसरी लाल्छ्ना लाउन मिल्छ ? ”

आफैले बनाएको संबिधानको धारा १२ धारा, १८ र ४२ को हेक्का नभएको हो कि के हो ? उनले त्रिपाठीको भनाइको भत्सर्ना गरेकी छन् । “संघिय संसदको चुनावमा तत्कालिन एमालेको सुर्य चिन्ह लिएर चुनाव लडने , आफ्नो पार्टी के हो नखुलेको तपाईंजस्तो सभासदको राजनीतिक लिंग खुलोस हामी तेस्रोलिंगीको तर्फबाट “ गेट वेल सुन “ माननिय ज्यू” भूमिकाले भनिन् ।

यसअघि सुनसरीका मनिसजंग थापाले सरकारले तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङलाई समातेको आक्रोस पोख्ने क्रममा तेस्रोलिंगी शब्दको दुरुपयोग गरेका थिए । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङलाई पक्राउ गरेको विरोधमा उनले फेसबुकमार्फत सरकारलाई गाली गरेका थिए । उनको फेसबुक वालमा समलिंगी अधिकारकर्मी संजय शर्माले आपत्ती जनाएपछि मनिसले आफ्नो स्टाटस नै हटाएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.