नीति तथा कार्यक्रममा तेस्रोलिंगी समुदाय समावेश गर्ने प्रस्ताव अस्विकृत

नीति तथा कार्यक्रममा तेस्रोलिंगी समुदाय समावेश गर्ने प्रस्ताव अस्विकृत

मकवानपुर (पहिचान) जेठ २४ – प्रतिपक्षी नेपाली काग्रेसका सांसदले ३ नम्वर प्रदेशको नीति तथा कार्यक्रममा तेस्रोलिंगी समुदाय समावेश गर्न राखेको प्रस्ताव अस्विकृत भएको छ । प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम माथि परेका संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्दा तेस्रोलिंगी समुदाय समावेश गर्ने संशोधन बहुमतले अस्विकृत भएको हो ।

काग्रेस प्रदेश नम्वर ३ का सांसद शन्तबहादुर प्रजा र बिजुला बर्माले नीति तथा कार्यक्रमको बुदा नम्वर १३ मा सरकारमा पहुँच नभएका र विभिन्न किसिमले अन्यायमा परेका महिला, दलित, अपांगता भएका, अल्पसंख्यक, अति सिमान्तकृत र तेस्रोलिंगी समुदाय अनिवार्य समावेश गर्न सांशोधन राखेका थिए । दुवै सांसदले मकवानपुरको रक्सिराङ गाउपालिका क्षेत्रलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्ने, प्रजा चेपाङ विकास कार्यक्रम २०३४ लाई निरन्तरता दिनुपर्ने संसोधन राखेका थिए । उनीहरुले नीति तथा कार्यक्रमका बुदा नम्वर ३७ मा जलाशययुक्त श्रोतलाई लिफ्ट र सौर्य उर्जामा आधारित सुविधामा सिचाईसँगै खानेपानी पनि सुनिश्चित गर्नु पर्ने संशोधन राखेका थिए ।

यि संशोधन निणयार्थ पेश हुँदा ध्वनी मतका आधारमा बहुमतले अस्विकृत भएका हुन् । प्रजा र बर्माले संशोधन प्रस्ताव फिर्ता नलिएपछि निर्णयार्थ पेश गरिएको थियो । नीति तथा कार्यक्रम माथिको छलफलमा सांसद बिजुला बर्मा र बिजया केसी श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषय नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै आपत्ती जनाएका थिए । उनीहरुले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने माग समेत गरेका थिए ।

तीनै जना सांसद प्रतिपक्षी काग्रेसको समानुपातिक तर्फका हुन् । अन्यायमा परेका समुदाय र जनताका आधारभुत बिषय उठान गर्दा पनि ३ नम्वर प्रदेश सरकारको नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै प्रदेश ३ को काग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाले यसको मुल्याङकन जनताले गर्ने वताए ।

केन्द्र सरकारले समेत नीति तथा कार्यक्रम र बजेटमा यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषय समेटेको छैन । संबिधानको धारा, १२, १८ र ४२ मा लेखिएको यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार अनुसार केन्द्र र प्रदेश सभाले यो समुदायको बिषय समावेश गर्न नसकेको हो । यस बिषयमा सत्तारुढ नेकपाका सांसदले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.