संकलित रकम स्वरोजगार र आत्मनिर्भर बनाउन उपयोग गरिने घोषणा

संकलित रकम स्वरोजगार र आत्मनिर्भर बनाउन उपयोग गरिने घोषणा

काठमाडौं (पहिचान) जेठ २६ – द लिभिङ्ग डिभाइन फाउण्डेसनले यौनिक तथा लैंगिक अल्पसंख्यक लगायत अन्य पिछिडिएका वर्गलाई स्वरोजगार र आत्मनिर्भर बनाउने घोषणा गरेको छ । आफ्नो स्थापना दिवसका अवसरमा हुने कार्यक्रमबाट संकलित रकम यो समुदाय वर्गलाई स्वरोजगार र आत्मनिर्भर बनाउन उपयोग गर्ने घोषणा गरेको हो ।

फाउण्डेसनको ५ औ स्थापना दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गर्ने र संकलित रकम यो समुदायमा लगानी गर्ने संस्थाका संस्थापक अध्यक्ष डाक्टर आचार्य ऋषर्भ रेशुले घोषणा गरेका हुन् । संस्थाले कार्यक्रमको उदघाटन काठमाडौँमा संगित सध्या आयोजना गरेर गर्ने निर्णय गरेको छ ।

संस्थाका अनुसार कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रेशुको सांगितीक टोलीले विशेष प्रस्तुती गर्नेछ । स्थापना दिवसकै अवसरमै जनकपुर, राजविराज र लाहान लगायतको ठाँउमा स्कुल कलेज लगायतका विद्यार्थीहरुलाई विशेष लक्षित गरि “धर्म र विज्ञान” “जीवन जिउने कला” लगायत विषयक विचारगोष्ठि एवं कार्यशाला आयोजना गर्ने द लिभिङ्ग डिभाइन फाउण्डेसनले जनाएको छ ।

तेस्रो चरण स्वरुप काठमाडौंमै धर्म, संस्कृती र विविधता विषयक फैसन शो र डिजाइनर्स प्रतियोगिता गर्नेछ । यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई लक्षित गरेर मिष्टर एण्ड मिसेस रेन्वो प्रतियोगिता आयोजना गरिने फाउण्डेसनका अध्यक्ष रेशुले जानकारी दिए । चौथो चरणमा विद्यार्थीहरुलाई नै लक्षित पारेर पोखरामा आध्यात्मिक बुद्धि प्रबुद्ध शिविर भ्रमण कार्यक्रम आयोजना गर्ने उनले वताए ।

समापन सत्र स्वरुप काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने र उक्त कार्यक्रममा नै सस्थापक अध्यक्ष रेशुद्वारा लिखित दुई वटा पुस्तकको लोकार्पण पनि गरिने जानकारी फाउण्डेसनका प्रवक्ता अधिवक्ता विनोद प्रसाद कुर्मीले दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.