निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपालको सर्वोच्च अदालतको फैसला नेदरल्याण्डमा नजिर, तेस्रोलिंगीलाई कानुनी मान्यता प्रदान गर्न आदेश

नेपालको सर्वोच्च अदालतको फैसला नेदरल्याण्डमा नजिर, तेस्रोलिंगीलाई कानुनी मान्यता प्रदान गर्न आदेश

985
SHARES

काठमाडौं (पहिचान) जेठ २७ – नेपाल र भारतको सर्वोच्च अदालतको फैसलालाई नजिर मान्दै नेदरल्याण्डको एक जिल्ला अदालतले डच नागरिकलाई आफ्नो स्वच्छिक लैंगिक पहिचान प्रदान गर्न आदेश दिएको छ । वि.स. २०६४ पुष ६ गते नेपालको सर्वोच्च अदालतले पुरुष र महिलाबाहेक तेस्रोलिंगीलाई पनि पहिचान खुल्ने गरी नागरिकता दिन आदेश दिएको थियो ।

यस्तै सन् २०१४ मा भारतको सर्वोच्च अदालतले पनि तेस्रोलिंगीलाई पहिचान खुल्ने गरी कानुनी मान्यता दिन आदेश दिएको थियो । दुवै देशका सर्वोच्चको फैसलामा नागरिकतामा आफ्नो पहिचान खुलाउने अधिकार ब्यक्तिको स्वेच्छिक हुनुपर्ने आशय छ । नेपाल र भारतको सर्वोच्च अदालतको फैसलालाई टेकेर नेदरल्याण्डको अदालतले पनि लिंग पहिचान सम्बन्धि अन्तर्राष्ट्रिय मानवअधिकार मानकहरुलाई ध्यानमा राख्दै पहिचान ब्यक्तिको अभिन्न अंग भएकाले तेस्रोलिंगीलाई ईच्छाअनुसार कानुनी मान्यता प्रदान गर्न सरकारलाई भनेको हो ।

दक्षिण एसियामा बंगलादेश र पाकिस्तानले अझै तेस्रोलिंगीलाई कानुनी मान्यता दिएका छैनन् । दुवै देशमा महिला र पुरुषलाई कानुनी रुपमा पहिचान गर्ने प्रावधान छ । चुनावी अभियानको दौरान तेस्रोलिंगीलाई पनि मान्यता दिने आश्वासन दिने गरेका बंगलादेशी र पाकिस्तानी राजनीतिक दल सत्तामा पुगेपछि भने कार्यान्वयनमा चासो देखाउँदैनन् ।

नेदरल्याण्डको अदालतको पछिल्लो फैसलाले दक्षिण एसियाली मुलुक नेपाल र भारतका कानुनी निर्णयको फैसलाले विश्वलाई प्रभावमा राखेको देखिन्छ । विश्वमा अझै धेरै देशमा तेस्रोलिंगीहरु आफ्नो पहिचानअनुसार कानुनी मान्यता प्राप्तिका लागि संघर्षरत छन् ।

समाचार शेयर गर्नुहोस्
985
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.