मानवअधिकार हननका घटनामा फिफाको वेवास्था, रुसमा समलिंगी जोडीमाथि सांघातिक आक्रमण

मानवअधिकार हननका घटनामा फिफाको वेवास्था, रुसमा समलिंगी जोडीमाथि सांघातिक आक्रमण

काठमाडौं (पहिचान) असार २ – रुसमा विश्वकपका बेला समलिंगी जोडी माथि सांघातिक आक्रमण भएको छ ।

विश्वकपमा समलिंगी विरोधीको रुपमा चिनिने रुस र साउदी अरबको बीचमा खेल हुन भन्दा अघि फ्रान्सका एक ‘गे’ जोडीमाथि आक्रमण भएको हो ।

ओ डेभिरस र नाम नखुलेका उनका पार्टनरको जोडी माथि आक्रमण भएपछि उनीहरुलाई सेन्ट पिटर्सवर्गको एक अस्पताल लगिएको छ । उनीहरु आफ्नो देश फ्रान्सको राष्ट्रिय टिमको समर्थनमा रुस आएका थिए ।

पिंक न्युजका अनुसार जोडीमाथि एक्कासी आक्रमण भएको हो । साथै उनीहरुसँग भएको सबै सामान लुटिएको छ । ओ डेभिरसको मस्तिस्कमा चोट लागेको शंका गरिएको छ ।

घटनामा संलग्न भएको शंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । विश्वकप अगाडि नै धेरैले समलिंगीहरु माथि अनुदार मानिने रुसमा उनीहरुलाई दुव्र्यवहार र आक्रमण हुने चिन्ता व्यक्त भएको थियो ।

यस्ता घटनाको लागि धेरैको दोष भए पनि मुख्य दोष फिफाको रहेको बताएका छन् । मानवअधिकार हननको विषयमा उठ्ने गरेका सवालहरुलाई फिफाले बेवास्ता गरेको धेरैको आरोप छ ।

फिफाले समलिंगीहरु माथि आक्रमण हुन सक्ने खतरा भएको आयोजक देशमा फुटबल समर्थकलाई पर्याप्त सुरक्षाको आश्वासन समेत दिएको थिएन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.