निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रदेश–३ का कुनै पनि नीति बन्दा तेस्रोलिंगीलाई विर्सने छैनौं : बिजुला बर्मा

प्रदेश–३ का कुनै पनि नीति बन्दा तेस्रोलिंगीलाई विर्सने छैनौं : बिजुला बर्मा

983
SHARES

काठमाडौं (पहिचान) असार ३ – प्रदेश नम्बर–३ की सांसद बिजुला बर्माले प्रदेशका कुनै पनि नीति बन्दा तेस्रोलिंगीलाई नविर्सने बताएकी छन् । पहिचानसँगको कुराकानीमा सांसद बर्माले प्रदेशको नीति तथा कार्यक्रममा सरकारले तेस्रोलिंगीलाई छुटाएको भन्दै त्यसमा आफूले कांग्रेसका तर्फबाट संशोधन हाल्दा समेत संबोधन हुन नसकेको बताइन् ।

‘यौनिक तथा लैंगिक अल्पसंख्क भनेर संविधानले समेत संबोधन गरेको समुदायलाई प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा नैं छुटाउनु ठुलैं समस्या हो,’ सांसद वर्माले भनिन्, ‘त्यति हुँदाहुँदैपनि संशोधनलाई समेत अस्वीकार गर्नुले प्रदेश सरकार मावनअधिकारप्रति संवेदनशील छैन भन्ने देखिएको छ ।’

उनले नेपाली कांग्रेसले मानव अधिकार र स्वतन्त्रताका लागि काम गर्ने भन्दै त्यसै अनुरुप आफूले प्रदेश तीनको संसदमा संशोधन लगेर यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सरकारको नीति तथा कार्यक्रममा समेटन माग गरेको बताइन् ।

‘हामीले जनताका कुरा गर्ने तर साच्चिकै पीडितका कुरा नसुन्ने हो भने हाम्रा कुरा भाषणमा मात्र सिमित हुन्छन्,’ बर्माले भनिन्, ‘अहिले केन्द्र देखि प्रदेशसम्मका सरकारले जनताका नाममा भाषण गरिरहेका छन् ।’ उनले जनताका सवाल आउँदा एकजना नागरिकका विषय भएपनि उही महत्वका साथ नलड्नेले अधिकारका कुरा गर्न नसुहाउने बताइन् ।

समाचार शेयर गर्नुहोस्
983
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.