निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बिश्वकप फुटवलको आरम्भमा जोखिम मोलेर ईन्द्रेणी झण्डा फहराइयो

बिश्वकप फुटवलको आरम्भमा जोखिम मोलेर ईन्द्रेणी झण्डा फहराइयो

926
SHARES

काठमाडौं (पहिचान) असार ४ – रसियाली एलजिबिटिआइ स्पोर्ट फेडेरेशनका अध्यक्षले विश्वकप–२०१८ आरम्भका दिन जोखिम मोलेर ईन्दे्रणी झण्डा फहराएका छन् । फेडेरेशनका अध्यक्ष अलेक्जेण्डर अगापोभले आफ्ना देशमा संघर्षरत एलजिबिटिआइ समुदायको समर्थनमा विश्वकपको उद्घाटन खेलमा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार र आन्दोलनको प्रतिक मानिने ईन्द्रेणी झण्डा फहराएका हुन् ।

विश्वकपको उद्घाटनमा घरेलु टोली रसिया र साउदी अरेबिया खेलेका थिए र उक्त खेल रसियाले ५–० ले जितेको थियो । आफ्ना घरेलु टोलीले गोल गर्दा प्रत्येक चोटी उनले ईन्द्रेणी झण्डा फहराएका थिए । विश्वकपलाई मध्यनजर गर्दै रसियामा रंगशाला भित्र र बाहिर समलिंगीहरुमाथि कडाई गरिएको छ ।

केहि समयअघि समलिंगीहरुले आपसमा चुम्बन गरेको भेटिए सुरक्षामा खटिएका भिजिलान्तेहरुले समातेर प्रहरीलाई बुझाउने समाचार सार्वजनिक भएको थियो । तर उनले जोखिम मोलेर विश्व फुटबलको महाकुम्भका दिन यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिक ईन्द्रेणी झण्डा फहराए ।

समाचार संस्था एसोसियट प्रेस एपीसँग कुरा गर्दै अगापोभले भने, ‘तपाईंले चाहेको गर्न तपाईं आँफैले अभ्यास गर्नुपर्छ भन्ने मेरो विश्वास हो, मलाई लाग्छ कि, एलिजिबिटिआइ फुटबल समर्थक पनि सार्वजनिक रुपमा प्रस्तुत हुनुपर्छ, त्यसैले मैले झण्डा फहराएँ ।’ हरेक पटक रुसी टोलीले साउदी अरबबिरुद्ध गोल गर्दा आँफुले ईन्द्रेणी झण्डा फहराएको बताउँदै उनले भने, ‘मैले आफ्नो समर्थन देखाईरहेको थिएँ ।’

विश्वकपमा आफ्नो टोलीप्रतिको समर्थन देखाउन ईङल्याण्ड एलजिबिटिआइ फुटबल समर्थकले पनि आज सोमबार ट्युनिसियाबिरुद्धको खेलमा फुटबल ब्यानर प्रदर्शन गर्ने तयारी गरेका छन् । ईंग्लिस एलजिबिटिआइ सकर नेटवर्कका रुपमा रहेको थ्री लायन्स प्राईडका अर्गनाईजर डी कनिंघमले उक्त ब्यानरको अनावरण गर्नेछन् ।

समाचार शेयर गर्नुहोस्
926
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.