निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अब संगठनमा पनि तेस्रोलिंगीलाई समेट्छौं : क्रान्तिकारी उपाध्यक्ष गौतम

अब संगठनमा पनि तेस्रोलिंगीलाई समेट्छौं : क्रान्तिकारी उपाध्यक्ष गौतम

824
SHARES

काठमाडौं (पहिचान) असार ४ – अखिल क्रान्तिकारीका उपाध्यक्ष विजय गौंतमले समलिंगी तेस्रो्लिंगी पनि प्राकृतिक भएकाले उनीहरुलाई सबै तहतप्कामा समान अवसरको ज्ञारेन्टी गरिनुपर्ने बताएका छन् । पहिचानसँगको कुराकनीमा उपाध्यक्ष गौंतमले प्राकृतिक मानिसबीच नैं विभेद हुने समाजलाई सभ्य मान्न नसकिने बताए ।

‘समलिंगी तेस्रोलिंगी पनि प्राकृतिकरुपमा जन्म लिएका नागरिक नैं हुन्, एउटा प्राकृतिक मानिसका सबै अधिकार समलिंगी तेस्रोलिंगीले पनि पाउनुपर्छ,’ उपाध्यक्ष गौतमले भने, ‘युवा विद्यार्थी जस्तो सचेत समुहको प्रतिनिधित्व गर्ने संगठनका हैसियतमा हामी सम्पूर्ण अधिकारका लागि उनीहरुसँग सहकार्य गर्न तयार छौं ।’

उनले विद्यालय तह देखि विश्वविद्यालय तहसम्म अध्ययनका लागि सहयोग गर्न तयार रहेको भन्दै पैसा नभएकालाई पढानका लागि नैं विश्वविद्यालयले छात्रबृत्तिको कार्यक्रम राखेको पनि बताए । ‘अब कुनै समलिंगी तेस्रोलिंगीले पैसा नभएर वा कसैले बुलिङ गरेका कारण क्याम्पस छोडेर हिड्नुपर्दैन, हामी उनीहरुलाई पढाइको वातावरणका लागि काम गर्ने छौं,’ गौतमले भने, ‘विश्वविद्यालयको छात्रबृत्तिका लागि पनि सम्पर्क र पहल गर्न म समलिंगी तेस्रोलिंगी सबै साथिहरुलाई आग्रह गर्छु ।’

उपाध्यक्ष गौंतमले समलिंगी तेस्रोलिंगीहरु सांगठनिक रुपमा खुलेर अखिल क्रान्तिकारीमा आवद्ध नभएको भन्दै खुलेर आउन आह्वान समेत गरे । ‘अहिलेम्म सांगाठनिक रुपमा अखिल कान्तिकारीले समलिंगी तेस्रोलिंगीलाई समेटन सकेको छैन, तर अब हामी सांगाठनिक रुपमा पनि समलिंगी तेस्रोलिंगीलाई समेटन चाहन्छौं ,’ गौतमले भने ।

समाचार शेयर गर्नुहोस्
824
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.