‘समाजले विवाहको अर्थ बुझेन’

‘समाजले विवाहको अर्थ बुझेन’

काठमाडौं (पहिचान) असार ६ – डा. ऋषर्भ रेशुले समलिंगी तेस्रोलिंगी क्रोमोजोमको डिसम्याचका कारण यौनिक तथा लैंगिक अल्पसंख्यक जन्मिने गरेको बताएका छन् । “समलिंगी तेस्रोलिंगी क्रोमोजोमको डिसम्याचका कारण समलिंगी तेस्रोलिंगी जन्मिन्छन्,” डा. ऋषर्भ रेशु भन्छन्, “बुवा आमाबीच यौन सम्बन्धको समयमा केही गल्ती भएका कारण समलिंगी तेस्रोलिंगी जन्मिन्छन् भनेर कतिपय सञ्चारमाध्यममा कुराहरु आएका थिए तर त्यसमा सत्यता छैन । यो प्राकृतिक प्रक्रियाबाटै जन्मिन्छन् ।”

उनले मिस्टर एण्ड मिस रेन्बो हुन लागेको जानकारी दिए । अपेक्षित रुपमा समलिंगी तेस्रोलिंगीको मुद्दा अगाडि आउन नसकेकाले यो प्रतियोगिता गर्न लागिएको उनले बताए । “यो ब्युटी प्याजेन्ट मात्रै होइन, ट्यालेन्ट शो पनि हो,” उनले भने, “यसका लागि इन्डियाबाट फेसिलेटरहरु आउँदैहुनुहुन्छ । उहाँहरुले एक महिना ट्रेनिङ दिनुहुनेछ । त्यसैले यो समलिंगी तेस्रोलिंगीका लागि गोल्डेन अवसर हो ।”
“यस्तो अवसर फेरि आउँछ कि आउँदैन थाहा छैन त्यसैले यो अवसरलाई उपयोग गर्नुस् भन्छु,” डा. रेसुले भने, “असार १५ गतेसम्म अनलाइन फर्म भर्ने समय छ । साउन २५ मा फाइनल हुनेछ ।” विजेताले ५० हजार रुपैयाँ पाउने छन् ।

समलिंगी तेस्रोलिंगीले मानव अधिकार उपभोग सहजरुपमा पाउनुपर्ने उनले बताए । हाम्रो समाजले विवाहको अर्थ नबुझेकाले नै समलिंगी विवाहले मान्यता नपाएको उनको भनाइ छ । “विवाह भनेको दुई आत्माको मिलन हो, त्यसैले यसमा कसैले आपत्ती जनाउनु पर्दैन । जसले जोसँग पनि गर्नसक्छ,” उनी भन्छन् ।

“आफ्नो आत्मालाई सन्तुष्टि दिनु नै सबैभन्दा ठूलो कुरा हो । आँफैले आफ्नै चित्त बुझाउन सकिएन भने हामीले आफ्नो परिवारलाई बुझाउन सकिँदैन,” उनी भन्छन्, “आफ्नो इच्छा र भावनालाई दबाएर सन्तुष्ट भएर बाँच्न सकिँदैन । यसमा सबैले ध्यान दिनुपर्छ ।”
आफ्नो अधिकारका लागि आँफैले लड्नुपर्ने भन्दै उनी भन्छन्, “जबसम्म आँफैले आफ्नो अधिकारका लागि आवाज उठाउँदैन तबसम्म अधिकार पाइँदैन । अरु कसैले ल्याएर दिने होइन, आँफैले आफ्ना लागि लड्नुपर्छ ।”

रिलिजन साइन्समा पीएचडी गरेका उनले आफूले तबला बजाएर चिकित्सा शास्त्र अध्ययन गरेको बताए । “भारतको बियर क्याफेमा प्रत्येक रात तबला बजाएर प्राप्त भएको पैसाले म आजको अवास्थामा आइपुगेको हुँ,” उनी भन्छन्, “घरबाट मैले आर्थिक सहयोगको अपेक्षा गरेको थिइन । इन्डियामा मेरो कोही थिएन, म त्यहाँ सघर्षका दिनमा सडकमा सुतेको छु । बियर क्याफेमा गएर तबला बजाएर ५० रुपैयाँ कमाएर त्यसले जीवन धानेको छु ।”

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.