फरक हाउ भाउकै कारण विभेदमा परेका छौ : एलबिटि

फरक हाउ भाउकै कारण विभेदमा परेका छौ : एलबिटि

बाँके (पहिचान) असार ६ –  तेस्रोलिंगी  पुरुष, समलिंगी महिला र दुईलिंगी महिलाले फरक हाउ भाउकै कारण विभेदमा पर्ने गरेको बताएका छन् । उनीहरुले टेस्ट्युववेवीबाट बच्चा जन्माउन पाउनु, सेक्स चेन्ज गर्न पाउनु पर्ने र आफूले राखेको धर्मसन्तानको जन्मदर्ता सहज रुपमा हुनु पर्ने माग गरे ।

नील हिरा समाजले नेपालगंजमा गरेको कार्यक्रममा तेस्रोलिंगी पुरुष साहस बटलाले जैविक लिंग महिलाको भएपनि व्यवहार केटाको जस्तो हुँदा विभेदमा पर्ने गरेको बताए । “मेरो व्यवहार केटाको जस्तो छ, मेरो जैविक लिंग महिलाको हो उनले भने मेरो महिनावारीमा समस्या भईरहेको छ ।”

उनले धेरै ठाउँमा उपाचार गराए पनि केही परिवर्तन नआएको सुनाए । अर्का तेस्रोलिंगी पुरुष अंकित पुनले आाफ्नो केटा जस्तो व्यवहार भएकोले प्रजनन् अंगको बारेमा आफै अलमलमा पर्ने गरेको बताए । यौन प्रजनन् स्वास्थ्यको विषय सबैको लागि महत्वपुर्ण रहेको पुनको भनाई छ ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले प्रजनन् अंगको भित्री र बाहिरी झुकावबारे जानकारी नहुँदा समस्या आउने गरेको बताइन । उनले आगामी दिनमा पनि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाइन ।

दुई दिने तालिममा लुम नेपालकी पुष्पा जोशी र गीता थापाले एलविटिहरुलाई स्वास्थ्यको क्षेत्रमा होस या शैक्षिक क्षेत्रमा किन नहोस् आफ्नो समस्या नलुकाई खुलेर भन्न आग्रह गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.