निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कपाल मुण्डन गरेर कुटपिट

कपाल मुण्डन गरेर कुटपिट

824
SHARES

बारा (पहिचान) असार ७ – बाराको कंचनपुरमा तेस्रोलिंगीमाथि कपाल मुण्डन गरेर कुटपिट भएको छ । प्रदेश नम्वर २ मा पर्ने बारा जिल्लाका एकजनाले बार्षिक ८० हजार रुपैयाँ दिएर नाच्न लगाउने गरेका तेस्रोलिंगीको कपाल मुण्डन गरेर कुटपिट गरेका हुन् । कमैयाकै झल्को दिने गरि नाच्ने काममा लगाउदै आएका शिब सहनीले तेस्रोलिंगी अर्जुन सहनी (काजल) लाई कपाल मुण्डन गरेर कुटपिट गरेको नील हिरा समाज बाराकी कार्यक्रम संयोजक पूर्णिमा श्रेष्ठले जानकारी दिइन ।

“तीन बर्षदेखि शिव सहनीले गाउँमा हुने विभिन्न कार्यक्रममा नाच्ने काममा लगाउँदै आएका काजललाई कपाल मुण्डन गरेर कुटपिट गरेका छन् पहिचान अनलाइनसँग कुरागर्दै कार्यक्रम संयोजक पूर्णिमाले भनिन्, कुटपिट गर्ने शिब सहनीलाई कारवाहीको माग गरेर जिल्ला प्रहरी कार्यालय कलैयामा उजुरी दर्ता गरेका छौ ।”

“जितपुर सिमरा उपमहानगरपालिका कंचनपुरका सहनीले गाउँमा हुने विभिन्न कार्यक्रममा नाँच देखाउने ठेक्का लिदै आएका र त्यो नाँचका लागि तेस्रोलिंगी काजलको समुह सहभागी हुँदै आएको थियो पूर्णिमाले भनिन्, काजलको समूहलाई बार्षिक ८० हजार रुपैयाँ दिएर सहनीले नाच्ने काम लगाउँदै आएका थिए ।” काजलले पछिल्लो समय सहनीले आफूलाई कुटपिट मात्रै नभएर कपाल नै मुण्डन गरेको भन्दै आज बिहिवार नील हिरा समाजको शाखा कार्यालय बारामा गुनासो गरेका थिए ।

भोजपुरी भाषामा बोल्ने तेस्रोलिंगी काजलले नाँच देखाउने काम छाड्दिन्छु भन्दा आफूलाई कुटपिट भएको बताइन । बारा जिल्ला पुगेकी नील हिरा समाजमा कार्यरत मानवअधिकारकर्मी दुर्गा थापाले शहनीलाई दास कै रुपमा राखेको पाइएको बताइन । “यो दासत्व नै हो, यसरी मान्छेलाई बार्षिक रुपमा पैसा दिएर उसको इच्छा विपरितको काममा लगाउन पाइदैन अधिकारकर्मी थापाले भनिन्, यो मानवअधिकार हनन हो ।”

नील हिरा समाज बाराका शिला पटेलले जिल्ला प्रहरी कार्यालय कलैयामा घाउँ जाँच गराई दोषीलाई कारवाहीको माग गर्दै उजुरी दिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले कंचनपुर गाउँको नजिकको प्रहरी चौकीमा लेखेर पठाएको पटेलले बताए । उनले पीडित काजल र पीडक शिब सहनीलाई असार १६ गते जिल्ला प्रहरी कार्यालयमा छलफलका लागि बोलाएको बताए ।

तस्बिर : दुर्गा थापा

समाचार शेयर गर्नुहोस्
824
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.