निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एकता नेपाललार्ई ५० हजार सहयोग, यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा खर्च गरिने

एकता नेपाललार्ई ५० हजार सहयोग, यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा खर्च गरिने

914
SHARES

कैलाली (पहिचान) असार ११ – टेवा काठमाडौंले सन् २०१७/१८ को दोस्रो किस्ता अनुदान वापत एकता नेपाललाई ५० हजार रुपैया सहयोग प्रदान गरेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको लागि वकालत र अन्तरक्रिया कार्यक्रम परियोजनाको लागि सहयोग गरेको हो ।

एकता नेपाल २०६६ सालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानव अधिकार र यौन स्वास्थ्य सम्बद्र्वनको लागि धनगढीमा स्थापित संस्था हो । एकता नेपाल तेस्रोलिंगी पुरुष र महिला समलिंगीको सहभागीतामा संचालित संस्था हो । यस संस्थाले समग्र यौनिक तथा लैंगिक अल्पसंख्यक एलजीबीटीआई समुदायको मानवअधिकारको क्षेत्रमा समेत कार्य गरिरहेको छ ।

टेवाकी कार्यक्रम प्रवन्धक अनुजा श्रेष्ठले एकता नेपाललाई समलिंगी तेस्रोलिंगीको नेतृत्व विकास र सरोकारवाला निकायसँग अन्तरक्रियाको लागि यो अनुदान रकम प्रदान गरेकी हुन् ।

समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अझै पनि सकारात्मक दृष्किोणले नहेर्ने र परिवारले आफ्नै सन्तानलाई पनि बुझ्न नसकेको विवेक सिंहले बताए । यो समुदायले आफु के हो ? हाम्रो अधिकार के कस्ता छन् ? भन्ने विषयमा जानकारी नहुँदा आफ्नो पहिचान खुलाउन समस्या परेको उनको भनाई छ ।

घरपरिवारले नगरिकता नबनाई दिएको अवस्था रहेको भन्दै उनले प्राप्त सहयोग यस्ता प्रकारको चेतना वृद्वी गर्न खर्च गरिने जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्
914
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.