निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सुन्दर शान्त नेपाल परियोजनामा तेस्रोलिंगी सहभागी

सुन्दर शान्त नेपाल परियोजनामा तेस्रोलिंगी सहभागी

948
SHARES

मकवानपुर (पहिचान) असार ११-यौनिक तथा लैंगिक अल्पसख्यकको मुद्धालाई अगाडी ल्याउन सुन्दर शान्त नेपाल परियोजनाले तेस्रोलिंगीलाई सहभागी गराएको छ ।

लैंगिक तथा द्धन्द्ध संबेदनशिलतामा आधारित कार्य योजना निर्माण गर्न हेटौडामा भएको गोष्ठीमा तेस्रोलिंगीलाई सहभागी गराएको परियोजनाका अन्तराष्ट्रिय सतर्कताका क्षेत्रिय अधिकृत शोभा चौधरीले बताए

आफ्नो छुट्टै पहिचान बोकेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राज्य र समाजसँग रहेको लडाईमा केही सहयोग होस भनेर तेस्रोलिंगीलाई सहभागी गराइएको चौधरीले दावी गरे ।

तीन दिन चलेको गोष्ठीमा समुदायमा रहेका आर्थिक, सामाजिक, राजनीथितक मुद्दा पहिचान गरि न्यूनिकरण गर्ने बिषयमा छलफल भएको छ ।

सुन्दर शान्त नेपाल परियोजनाले गरेको कार्यशाला गोष्ठीमा प्रतिनिधित्व सहितको सहभागिता गराएकोमा तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले आयोजक टिमलाइ धन्यवाद दिइन ।

सुन्दर शान्त नेपालले सुनसरी, कपिलबस्तु, रुपन्देही, धनुषाबाट एक एक जना तेस्रोलिंगीलाई आफ्नो परियोजनामा सहभागी गराएको छ । सुनसरीबाट सुमन तामाङ, धनुषाबाट प्रदीप यादव, कपिलबस्तुबाट प्रेरणा बिष्ट र रुपन्देहीबाट आनिक राना परियोजनामा हुने छलफलमा सहभागी हुँदै आएका छन् ।

समाचार शेयर गर्नुहोस्
948
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.