तेस्रोलिंगीको कपाल मुण्डन गर्नेलाई थुनामा राखेर अनुशन्धान

तेस्रोलिंगीको कपाल मुण्डन गर्नेलाई थुनामा राखेर अनुशन्धान

बारा (पहिचान) असार १६ – जिल्ला प्रहरी कार्यालय बाराले तेस्रोलिंगीको कपाल मुण्डन गरेर कुटपिट गर्नेलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाएको छ । तेस्रोलिंगी अर्जुन सहनी (काजल) को कपाल मुण्डन गरेर कुटपिट गर्ने शिब सहनीलाई सार्वजनिक अपराध ऐन अन्तर्गत थुनामा राखेर अनुशन्धान भइरहेको प्रहरी नायब उपरिक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाराबाट म्याद थप गरेर अनुशन्धान भइरहेको छ डिएसपी राठौरले पहिचान अनलाइनसँग भने, कपाल मुण्डन गरेर कुटपिट गर्ने शिब सहनीलाई कानुन अनुसार कारवाही हुन्छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब निरीक्षक रामपदारत शाहले बार्षिक सांस्कृति कार्यक्रममा नृत्य प्रस्तुत गर्न सम्झौता गरेर तेस्रोलिंगी काजललाई राखेको शिव सहनीले बताएको जानकारी दिए ।

सम्झौता नसकिदै दुई दिन अगाडी काम छोड्छु भनेकाले आफूले आवेगमा आएर कपाल मुण्डन गरेर कुटपिट गरेको शिब सहनीले स्वीकारेका छन् । अनुशन्धान सकिएपछि शिव सहनीलाई जिल्ला प्रशासन कार्यालय बारामा पेश गर्ने प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए । प्रदेश नम्वर २ मा पर्ने बारा जिल्लाका कंचनपुरमा बार्षिक ८० हजार रुपैयाँ दिएर नाच्न लगाउने गरेका सहनीले तेस्रोलिंगी काजललाई कपाल मुण्डन गरेर कुटपिट गरेका थिए ।

कपाल मुण्डन गरेर कुटपिट गर्ने सहनीलाई प्रहरीले थुनामा राखेको र थप कानुनी कारवाहीका लागि माग गरेको नील हिरा समाज बाराकी कार्यक्रम संयोजक पूर्णिमा श्रेष्ठले जानकारी दिइन । कुटपिट गर्ने शिब सहनीलाई कारवाहीको माग गरेर जिल्ला प्रहरी कार्यालय कलैयामा उजुरी दर्ता गरेपछि प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको श्रेष्ठले बताइन ।

जितपुर सिमरा उपमहानगरपालिका कंचनपुरका सहनीले गाउँमा हुने विभिन्न कार्यक्रममा नाँच देखाउने ठेक्का लिदै आएका र त्यो नाँचका लागि तेस्रोलिंगी काजलको समुह सहभागी हुँदै आएको थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.