निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रदेश २ का मुख्यमन्त्रीको ध्यानाकर्षण गराउने

प्रदेश २ का मुख्यमन्त्रीको ध्यानाकर्षण गराउने

808
SHARES

धनुषा (पहिचान) असार १७ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतको ध्यानाकर्षण गराउने भएको छ । बिभिन्न मानवअधिकारबादी संघ संस्थामा आवद्ध यो समुदायले अधिकारको माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराउने भएको हो । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा आफ्नो समुदायलाई सम्बोधन नगरेको गुनासो समेत गरेका छन् ।

नील हिरा समाजको सुनौलो बिहानी समाजमा कार्यरत अधिकारकर्मी प्रदीप यादवले प्रदेश २ का सांसदसँग अन्तरक्रिया गरेर मुख्यमन्त्रीको ध्यानाकर्षण गराउने बताए । सांसदहरुसँग अन्तरक्रिया कार्यक्रमका लागि समन्वय भइरहेको छ उनले भने, रिपोर्टस क्लब धनुषाले चाजोपाजो मिलाउने आश्वासन दिएको छ ।

केन्द्र र प्रदेश सरकारले आफ्नो माग सम्बोधन नगरेपनि जनकपुर उपमहानगरपालिकाले २ लाख रुपैयाँ बिनियोजन गरेको यादवले जानकारी दिए । उपमहानगरपालिकाले बिनियोजन गरेको रकम सीप मुलक कामका खर्च गरिने सुनौलो बिहानी समाजमा कार्यरत अधिकारकर्मी सत्यनारायण शाहले बताए ।

समाजले धनुषामा राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, थर्ड एलाइन्स, नेपाल रेडक्रस सोसाइटी, ओरेक नेपाल, परिवार नियोजन संघ, महिला बिकास, नेपाल प्रहरी, नगरपालिका, सामी परियोजना, सपोर्ट नेपाल लगायत संघ संस्थाको समन्वयन अधिकार प्राप्तिको अभियान संचालन गरिररहेको जनाएको छ ।

समाचार शेयर गर्नुहोस्
808
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.