मिष्टर एण्ड मिस रेम्बोमा १७ जना छनौट, भारतबाट दुई जना मोडल एवं कोरियोग्राफर आउने

मिष्टर एण्ड मिस रेम्बोमा १७ जना छनौट, भारतबाट दुई जना मोडल एवं कोरियोग्राफर आउने

काठमाडौं (पहिचान) असार २० – मिष्टर एण्ड मिस रेम्बोमा १७ जना सहभागीको टुङ्गो लागेको छ । अगष्ट १०, २०१८ अर्थात साउन २५ गते काठमाडौंमा हुने मिष्टर एण्ड मिस रेम्बोमा फर्म भरेका ३६ जना मध्ये १७ जनाको टुङ्गो लागेको हो ।

द लिभिङ डिभाइन फाउण्डेसनले आयोजना गर्ने यो प्रतियोगितामा सबै भन्दा धेरै काठमाडौंबाट ६ जना सहभागी हुनेछन भने मकवानपुरबाट ३ जना सहभागी हुने भएका छन् । प्रतियोगितामा रौतहट, दाङ, सिन्धुली, कैलाली, बर्दिया, रुपन्देही, ललितपुर र सुदुरपश्चिमको पनि बिकट अछामबाट एक एक जना सहभागी हुने फाउण्डेसनका संस्थापक अध्यक्ष डाक्टर ऋषर्भ रेशुले जानकारी दिए ।

पहिलो सत्र पोखरामा, दोस्रो र तेस्रोसत्र काठमाडौंमा हुनेछ । जुलाई ६ तारिख अर्थात असार २२ गते सहभागीहरु पोखरा पुग्नेछन् । पहिलो सत्र असार २२ गते बेलुकी ५ बजे उद्घाटन, परिचय र अन्तरक्रिया हुनेछ । आयोजक द लिभिङ डिभाइन फाउण्डेसनका अनुसार असार २३ गते बिहानैदेखि जागरण, फेवातालको किनारमा योगा, ध्यान र अवलोकन भ्रमण गराइनेछ ।

असार २३ गतेनै फाउण्डेसनका संस्थापक अध्यक्ष रेशुको क्षमता अभिवृद्धि र प्रेरणा जगाउने बिषयक कार्यपत्र र नील हिरा समाजले नेपालमा गरेको पहिलो मिष्टर गे हेन्डसमका उपाधी बिजेता अधिकारकर्मी बिश्वराज अधिकारी उत्प्रेरणादायी बिषयक कार्यपत्र प्रस्तुत गर्नेछन् । पहिलो सत्रको कार्यक्रम असार २४ गते सकिनेछ ।

दोस्रो सत्र र तेस्रोसत्र काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा संचालन हुनेछ । सहभागीहरुलाई जुलाई २२ देखि ३० तारिखसम्म संचालन हुने दोस्रो सत्रमा मेक अप आर्ट, ड्रेस अप आर्ट, सेल्फ प्रिजेन्टेसन नेपालका बिज्ञहरुले तालिम दिनेछन् ।

अगष्ट ३ देखि ९ तारिखसम्म संचालन हुने तेस्रो एवं अन्तिम सत्रको संचालन भने भारतीय कोरियोग्राफी लक्की सुरिन र कोरियोग्राफर एवं मोडल तन्जिम आलमले गर्नेछन् । आलम ल्याक मे फेशन विकबाट समेत प्रतिनिधित्व गर्ने फाउण्डेसनका अध्यक्ष रेशुले जानकारी दिए ।

फाउण्डेसनका अनुसार आलमले ल्याक मे फेशन विकमा नेपालबाट प्रतिनिधित्व गर्ने गरि एक जना प्रतियोगी समेत छान्नेछन् । फाइनल प्रतियोगिता होटल अन्नपूर्ण काठमाडौंमा साउन २५ अर्थात अगष्ट १० तारिखका दिन हुनेछ । मिष्टर एण्ड मिस रेम्बोको बिजेताले ५० हजार नगद पुरस्कार पाउने फाउण्डेसनले जनाएको छ ।

फर्म भरेकाहरुमा समलिंगी पुरुषको संख्या धेरै छ । तेस्रोलिंगी ६ जना र एक जना अन्तरलिंगी रहेका संस्थापक अध्यक्ष रेशुले जानकारी दिए । फर्म भरेका मध्ये २० जना छनौट भएका थिए तर, प्रतियोगी नम्वर ४, ११ र २० ले प्रथम सत्र सुरु नहुँदै सहभागी नहुने जानकारी गराइसेकका रेशुले बताए ।

को को हुँदैछन सहभागी ?

१. सन्ध्या लामा प्रतियोगी नम्वर १९ हेटौडा, मकवानपुर

२. सत्यन्द्र ठाकुर प्रतियोगी नम्वर १८ चपुर, रौतहट

३. रुहेल सुनार प्रतियोगी नम्वर १७ हेटौडा मकवापुर

४. सुजाता चौधरी प्रतियोगी नम्वर १ घोराही दाङ

५. मानव तामाङ प्रतियोगी नम्वर १६ सिन्धुली

६. जुनु चौधरी प्रतियोगी नम्वर १४ कैलाली

७. सिन्दप रानाभाट प्रतियोगी नम्वर १५ बर्दिया

८. समिर खनाल प्रतियोगी नम्वर ३ सितापाइला, काठमाडौं

९. आर्मोन शमसेर राना प्रतियोगी नम्वर १३ धुम्बाराही, काठमाडौं

१०. सुशील सुनार प्रतियोगी नम्वर १० सुकेधारा, काठमाडौं

११. बिबेक मगर प्रतियोगी नम्वर १२ सुकेधारा, काठमाडौं

१२. किरण थापा प्रतियोगी नम्वर ७ हेटौडा, मकवानपुर

१३. मनिला न्यौपाने प्रतियोगी नम्वर ९ भैरहवा, रुपन्देही

१४. विपिन कडायत प्रतियोगी नम्वर ८ अछाम

१५. हमन थापा प्रतियोगी नम्वर ६ काठमाडौं

१६. संजय गजमेर प्रतियोगी नम्वर ५ लाजिम्पाट, काठमाडौं

१७. सौरभ श्रेष्ठ प्रतियोगी नम्वर २ पाटन, ललितपुर

एलजिबिटिआईको प्रतिभा प्रदर्शन हुँदै, बिजयी प्रतियोगीले ५० हजार नगद पाउने (फर्म सहित)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.