निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विद्यालय देखि विश्वविद्यालय तहसम्म यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थीलाई छात्रबृत्ति दिनुपर्छ : अनिल खनाल

विद्यालय देखि विश्वविद्यालय तहसम्म यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थीलाई छात्रबृत्ति दिनुपर्छ : अनिल खनाल

989
SHARES

काठमाडौं (पहिचान) असार २१ – नेविसंघ नेता अनिल खनालले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई विद्यालय देखि विश्वविद्यालय तहसम्म छात्रबृत्ति प्रदान गनरिनुपर्ने बताएका छन् । पहिचानसँगको कुरानकानीमा नेविसंघ नेता खनालले छात्रबृत्ति जेहेन्दार र आर्थिक समाजिक समस्यामा रहेका विद्यार्थीलाई दिनुपर्ने भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि पनि यो आवश्यक हुने बताए ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थीहरु विद्यालयतहबाट निकालिने देखि विश्वविद्यालयतहसम्म पनि घरको सहयोग नहुने हुँदा पढाइबाट बञ्चित हुने अवस्था देखिएको छ,’ खनालले भने, ‘त्यसलाई कम गर्न विद्यालय तह देखि विश्वविद्यालय तहसम्म छात्रबृत्तिबाट प्रोत्साहन गर्न आवश्यक छ ।’ उनले सबैलाई शिक्षा पाउने अधिकार संविधानले ज्ञारेन्टी गरेको भन्दै यौनिक तथा लैंगिक अपसंख्यक सहित सबैलाई पढ्नका लागि सबै क्षेत्रमा प्रोत्साहन गर्नुपर्ने बताए ।

‘म विद्यार्थी आन्दोलनमा लागेको नैं अरुलाई सहयोग गर्न सकिन्छ कि भनेर हो, आफ्नालागि गर्न त अन्य क्षेत्रपनि छँदैछन्,’ खनालले भने, ‘हामीले अन्तर विद्यार्थी फोरम बनाएर पनि सहयोग जारी राखेका छौं ।’ उनले विद्यार्थीलाई समस्या पर्दा आफूले नेविसंघ मात्र नभएर अनेरास्ववियु र अखिल क्रान्तिकारीmलाई पनि साथ लिने गरेको भन्दै अब पनि त्यसरी नैं काम गर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
989
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.