‘अबसर सृजना गराउनु सबैको दायित्व’

‘अबसर सृजना गराउनु सबैको दायित्व’

मकवानपुर (पहिचान) असार २४ – हेटौडा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत भिम प्र. तिमल्सिनाले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई शिक्षा र रोजगार लगायत विभिन्न अवसर सृजना गराउनु सबैको दायित्व रहेको बताएका छन । विगत ९ वर्षदेखि अहिलेसम्म हामीले थोरै थोरै भए पनि सहयोग गरेका छौ र हामी सधै यो समुदायको साथमा छौ अधिकृत तिमल्सिनाले भने ।

हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा फ्रेण्ड्स हेटौडाको आयोजनामा भएको कार्यक्रममा १९ वडाका अध्यक्ष तथा प्रतिनिधिहरु र विभन्न राजनीतिक दलका प्रतिनिधिहरुले टोल टोलमा गएर कार्यक्रम गर्न सुझाव दिएका छन् ।

“सृष्टिमा धुलोे हिलो दुबै हुन्छ हिलोलाइ हेला गर्ने हो भने धान फल्दैन थियो” कार्यक्रममा बोल्दै फ्रेण्ड्स हेटौडाका कार्यक्रम संयोजक सुरज थापाले यो समुदायलाइ विभेद नगर्न आग्रह गरे ।

सबै वडाका जनप्रतिनिधिहरुले आ आफ्नो वडामा आएर सचेतना गराउन आग्रह गर्दै आश्ययक सहयोग गर्नै प्रतिवद्दता जनाए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.