आत्महत्याका घटनाले यौनिक तथा लैंगिक अल्पसंख्यक चिन्तित

आत्महत्याका घटनाले यौनिक तथा लैंगिक अल्पसंख्यक चिन्तित

काठमाडौं (पहिचान) असार २५ – सुन्नुहोस न, हस्याङ फस्याङ गर्दै तेस्रोलिंगी अधिकारकर्मी संजय तामाङले भने, गौशालामा तेस्रोलिंगी मुना राईले आत्महत्या गरिछन् । काठमाडौं महानगरपालिका बडा नम्वर ७ गौरीघाट कुटी गल्लीमा बसोबास गर्दै आएकी तेस्रोलिंगी महिला मुना राईले आत्महत्या गरेको सुनेर नील हिरा समाजमा कार्यरत अधिकारकर्मी तामाङ भावुक थिए । मुनाको आत्महत्याले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय चिन्तित भएका छन् ।

तेस्रोलिंगी मुना कुटी गल्लीमा रहेको कोठामा झुण्डिएको अबस्थामा मृत फेला परेको महानगरिय प्रहरी वृत्त गौशालाका प्रहरी नायव उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए । बिहान सवा ९ बजे मुनाले झुण्डिएर आत्महत्या गरेको जानकारी प्राप्त भएपछि अनुशन्धान गरेर पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको श्रेष्ठले बताए । उनले तेस्रोलिंगी मुनाको आत्महत्या भएको र थप अनुशन्धानका लागि पोष्टमार्टम रिपोर्ट पर्खनु पर्ने बताए । “आत्महत्या शंकास्पद देखिदैन श्रेष्ठले भने, पोष्टमार्टम रिपोर्ट आएपछि कारण पुष्टी हुन्छ ।”

समलिंगी तेस्रोलिंगीले आत्महत्या गरेको यो पहिलो घटना भने होइन । असार महिनामै मात्रै दुई जना समलिंगी पुरुषले आत्महत्या गरेका छन् । उनीहरु दुबै जनाले आत्महत्या गर्नुको कारण खुलेको छैन । पछिल्लो समय आत्महत्याका घटना बढेकोमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय चिन्तित भएका छन् । उनीहरु आत्महत्या रोज्नु मुर्खता हो भन्छन् । “समाजमा सम्मान र सुरक्षा छैन भनेर हरेस खानु हुँदैन उनीहरु भन्छन्, आत्मविश्वासका साथ जीवन जिउनु पर्छ ।”

समुदायका सदस्यहरु समान अधिकार, सामाजिक सुरक्षाका बिषयमा दवाव दिइरहेका छन्, सरोकारवाला निकाय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अधिकारबाट विभुख हुँदैनन भन्ने जवाफ दिइरहेको छ । तर, संबिधानमै लेखिएका अधिकार कार्यान्वयनमा आइरहेको छैन । समाजमा अहिलेपनि यौनिक तथा लैंगिक अल्पसंख्यकले सामाजिक सम्मान र सुरक्षाका साथ जीवन निर्वाह गर्न पाइरहेका छैनन् । समुदायका सदस्यहरुले संबैधानिक अधिकार कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिरहेका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.